बाँके १४ भदौ - बाँकेको खजुरास्थित दिपक बोर्डिङ स्कुलमा शनिबार तरुण दल खजुरा गाउँपालिका कार्यसमिति द्वारा गरिएको रक्तदान कार्यक्रममा खजुरा क्षेत्रका १ सय ५० जनाले नेकपा , राप्रपा लगायतका पार्टी परित्यागगरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्ने युवाहरू नेकपा , राप्रपा लगायतका पार्टीमा आबद्ध रहेका थिए । जसले गर्दा प्रवेश गर्ने युवाहरू नेपाली कांग्रेसप्रति आर्कर्षित हुनुका साथै विचार , सिद्धान्तहरुपनि एक भएको नेपाली कांग्रेस खजुरा गाउँपालिकाका सभापति शेरबहादुर गुरुङले जानकारी दिनुभयो ।
पुर्व माननीय बादसाह कुर्मी , नेपाली कांग्रेस महासमिति प्रतिनिधि लक्ष्मीनारायण शाह , क्षेत्रिय सभापति नक्की खाँ , नेपाली कांग्रेस खजुरा गाउँपालिका सभापति शेरबहादुर गुरुङ , तरुण दल बाँके सभापति बिरेन्द्र बहादुर शाह द्वारा युवाहरूलाई अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।