इस्लामिक कला र नेपालको विकासबारे बाँकेमा अन्तरक्रिया सम्पन्न;

शाख न्यूज    प्रकाशित: २०८३-७-१८ गते   ६१ पटक हेरिएको

नेपालगन्ज - द मदर फाउण्डेशनको आयोजनामा नेपाल पत्रकार महासंघ बाँके शाखाको सभाहलमा 'इस्लामिक कला र नेपालको विकास' विषयक एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

पूर्वन्यायाधीश एवं द मदर फाउन्डेसनका संस्थापक डा. सलाहुद्दिन अख्तर सिद्दिकीले इस्लामिक कलाका ऐतिहासिक पक्ष, यसको विश्वव्यापी सांस्कृतिक महत्त्व र नेपालको बहुभाषिक, बहुसांस्कृतिक तथा आर्थिक विकासमा यसले पुर्‍याउन सक्ने सकारात्मक योगदानका बारेमा जानकारी दिएका थिए ।

मंगलबार आयोजित उक्त कार्यक्रममा "इस्लामिक कला र नेपालको विकास" (Islamic Art & development of Nepal) विषयमा केन्द्रित रहेर गहन छलफल तथा विचार विमर्श गरिएको थियो। कार्यक्रममा इस्लामिक कला, यसको ऐतिहासिक महत्त्व र नेपालको समग्र विकासमा यसले पुर्‍याउन सक्ने योगदानका विविध आयाममाथि विस्तृत छलफल गरिएको थियो।

सोही अवसरमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन नेपालका लागि युनेस्को (UNESCO) का प्रतिनिधि तथा कार्यालय प्रमुख जाको दु तोइत (Jaco du Toit) र टर्कीको इस्तानबुलका प्रसिद्ध प्रा. डा. फातिमा गुन्सेली माल्कोच (Fatima Gunseli Malkoc) ले पठाएको विशेष शुभकामना सन्देश पत्रकार तथा कार्यक्रम संचालक पुजन बिश्वकर्माले प्रस्तुत गरेका थिए। कार्यक्रमले नेपालको बहुसांस्कृतिक विकास र कलाको प्रवर्द्धनमा नयाँ दृष्टिकोण प्रदान गर्ने विश्वास आयोजकले लिएको छ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech