बाँके-२ बाट एमालेका उम्मेदवार राई बिजयी

शाख न्यूज    प्रकाशित: २०८२-११-२२ गते   ५९९ पटक हेरिएको

बाँके - नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । बाँके निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मोहम्मद इस्तियाक राईले विजयी भएका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार बनेका  राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विवेककुमार श्रेष्ठले १८ हजार ६७९ मत ल्याए । राई निर्वाचनअघि मात्रै जसपाबाट एमाले प्रवेश गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech