मुख्य समाचार
प्रदेश
प्रदेश -१
प्रदेश -२
प्रदेश -३
प्रदेश -४
प्रदेश -५
प्रदेश -६
प्रदेश -७
अन्तर्वार्ता
अपराध
अर्थ
ओपेरशन
खेलकुद
मनोरञ्जन
राजनीति
विश्व
शिक्षा
समाज
स्वास्थ्य
नेपालगन्ज उद्योग वाणिज्य संघद्धारा पत्रिका र क्यालेण्डर बिमोचन
शाख न्यूज
प्रकाशित: २०७७-४-११ गते
६२० पटक हेरिएको
नेपालगन्ज ११ साउन : नेपालगन्ज उद्योग वाणिज्य संघले आफ्नो मुखपत्रका रुपमा त्रैमासिक पत्रिका अर्थ समृद्धि र क्यालेण्डर प्रकाशन गरेको छ । आईतवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षता र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय सदस्य एवम् नेपालगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् संरक्षक दामोदर आचार्यको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमका बीच पत्रिका र क्यालेण्डर बिमोचन गरिएको हो । उक्त कार्यक्रममा विशिष्ठ अतिथिको रुपमा महासंघका केन्द्रिय सदस्य एवम् संघका पूर्व अध्यक्ष तथा संरक्षक कृष्ण प्रसाद श्रेष्ठ, संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, प्रथम उपाध्यक्ष आदेश कुमार अग्रवाल, द्धितिय उपाध्यक्ष अमित कुमार बस्नेत, महासचिव चिरञ्जीवी ओली, प्रवक्ता टंक बहादुर धामी, लगायत पदाधिकारी र कार्यसमिति सदस्य, सल्लाहकार र वस्तुगत संघ/संस्थाका अध्यक्षज्यूहरुको उपस्थिति रहेको थियो । संघका प्रवक्ताले धामीले सहभागिलाई स्वागत गर्दै कोरोनोको कारणले क्यालेण्डर तथा त्रैमासिक पत्रिका प्रकाशन गर्न ढिलो भएको कुराको जानकारी दिए । प्रमुख अतिथि आचार्यले आफ्नो मन्तव्यमा विषम प्रस्थितिमा पनि प्रकाशन गरेको क्यालेण्डर र अर्थ समृद्धि त्रैमासिक पत्रिका अति सरहनिय कार्य भएको बताए । उक्त कार्यहरु निरन्तर हुनुपर्नेमा उनले जोड दिए । वर्तमान कार्यसमितिले अभैm धेरै काम गर्न बाँकी रहेको उनले बताए । संघका अध्यक्ष मन्सुरीले आफ्नो मन्तव्यमा सम्पूर्ण कार्यसमितिको सहयोगद्धारा आफुहरुको कार्यकाल सफल हुने बिश्वास व्यक्त गरे । यसलाई अझै सान्दर्भिक र व्यवस्थित रुपमा लैजाने प्रतिवद्धता जाहेर गर्दै संघको साखलाई उच्च बनाउने प्रयासमा दिन, रात लागि रहेको र लाग्ने बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
भेरी अस्पतालको संस्थागत आचार समीक्षा समिति (IRC) को संयोजकमा डा. खड्का नियुक्त
इस्लामिक कला र नेपालको विकासबारे बाँकेमा अन्तरक्रिया सम्पन्न;
नेपाल–भारत सीमा सुरक्षामा नयाँ रणनीति: अवैध गतिविधि नियन्त्रणदेखि प्रविधिमैत्री व्यवस्थापनसम्म
धार्मिक सद्भावका उदाहरण बन्दै दीपक लोध र मेराज हिमालय
अन्तर्राष्ट्रिय इस्लामिक कला एवं संस्कृति दिवस आइडियल पब्लिकमा मनाइयो
सम्बन्धित समाचार
अन्तर्राष्ट्रिय इस्लामिक कला एवं संस्कृति दिवस आइडियल पब्लिकमा मनाइयो
दिब्यज्योति पूर्व विद्यार्थी परिवार गठन, अध्यक्षमा नवीन गिरी
दशैं, तिहार तथा छठ पर्वको शुभकामना ब्यक्त गर्दछौं
प्रतिनिधि सभा सदस्य डा. सिंह र शिक्षासेवी सिंहबीच नेपालगन्जमा विशेष भेटघाट
जानकी गाउँपालिकामा विद्यालयकाे संयुक्त अनुगमन
एञ्जल्स स्कुल नेपालगंजद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ लाख रुपैयाँ सहयोग
भोटेकोशी बाढीपीडितलाई दिपक स्कुलको १ लाख ५ हजार सहयोग
सिद्धार्थ विद्या सदनद्वारा बाढीपीडितहरुका लागि १ लाख सहयोग
© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By :
Journey For Tech