नेपालगन्ज कारागारका दुई जनामा कोरोना पुष्टि

थुनुवा र सुरक्षाकर्मीलाई कोरोना

शाख न्यूज    प्रकाशित: २०७७-४-२ गते   ५६४ पटक हेरिएको

नेपालगन्ज ०२ साउन - बाँकेको नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पिसिआर टेष्टमा नेपालगन्ज कारागारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगन्ज कारागारमा रहेका एक जना थुनुवा र एक जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिकाका ६ का २८ बर्षिय पुरुष र सुर्खेत गुर्भाकोट ६ का ३० बर्षिय प्रहरी जवानमा कोरोना पोजेटिभ भएको हो । प्रहरी जवान नेपालगन्ज कारागारमा कार्यरत रहेका छन् । उनिहरुमा लक्षण देखिएपछि अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हाल उनिहरुलाई खजुरा स्थित शुसिल कोइराला प्रखर अस्पतालमा रहेको आइसोलेशनमा राखिएको फोकल पर्सन श्रेष्ठले बताउनुभयो । हाल बाँकेमा १८ जना आइसोलेसनमा रहेका छन् । 
 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech