बाँकेमा आइतवारदेखि तिनदिनका लागि पुनः लकडाउन

शाख न्यूज    प्रकाशित: २०७७-४-१५ गते   ४५९ पटक हेरिएको

नेपालगन्ज १५ साउन – जिल्ला प्रशासन कार्यालय बाँकेले १८ गतेदेखि पुन लकडाउन गर्ने भएको छ । कोरोना भाइरस समुदायस्तरसम्म पुगेको भन्दै प्रशासनले आगामी आईतबारदेखि ३ दिनका लागि पुनः लकडाउन गर्ने भएको हो । बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिनुभयो । लकडाउन खोलेसगैं नेपालगन्जमा ह्वात्तै कोरोना संक्रमित बढ्न थालेपछि आईतबारदेखि लकडाउन गर्ने प्रजिअ कुरुम्वाङले जानकारी दिनुभयो ।
‘आईतबारदेखि कडा लकडाउन हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ’ प्रजिअ कुरुम्वाङले भने –‘बाँकेमा कोरोनाको फेरी भयाबह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो । पहिलोपटक तीन दिनलाई लकडाउन गरिने र अवस्था हेरेर हेरफर गरिनेछ ।’
राजश्व कार्यालय नेपालगन्जमा विहीबारसम्म ११ जना, यातायात कार्यालय १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो । सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् । लकडाउनमा अत्यावशश्यक सवारीसाधान बाहेक कुनैपनि सवारीसाधान चल्न नपाउने र चलेको खण्डमा कानुन बमोजिम कारवाही गर्ने प्रशासनले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech