नेपालगन्ज – बाँकेमा टाईफाईड रोग विरुद्ध खोप अभियान संचालन भएको गरिएको थियो । गत चैत २३ गते देखि संचालन भएको टाईफाईड रोग विरुद्ध खोप अभियान बाँके सहित लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमा एकैसाथ खोप सञ्चालन गरिएको हो ।
चैत २३ गते देखि संचालन गरिने टाईफाईड रोग विरुद्ध खोप अभियान बाँकेमा २८ गते सम्म सम्पन्न भएको हो । १५ महिना देखी १५ वर्षसम्मका बालबालिकालाई टाईफाईड रोग विरुद्ध खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तथा प्रशिक्षक तेज ओलीले जानकारी दिएका थिए। बाँकेमा टाईफाईड रोग विरुद्ध खोप अभियानमा ५५ वटा खोप केन्द्रहरु संचालनमा रहने प्रशिक्षक ओलीले जानकारी दिनुभयो । चैत २३ गते देखी संचालन गरिने अभियानलाइ २०७९ बैशाख १८ गतेसम्म बिश्वभर नै एकैसाथ सम्पन्न गरिसक्ने लक्ष्य रहेको थियो ।
प्रत्येक बर्ष बिश्वभर टाईफाईड रोगका कारण करिब १६ हजार जनाको मृत्युहुने गरेको छ । टाईफाईड रोग बढी जसो गर्मीयाम र बर्षायाममा दूषित पानीको कारणले लाग्ने टाइफाइड, अस्पतालमा भर्ना हुनेको कारणमध्ये चौथो कारण भएकोले संक्रमण हुने संख्या धेरै रहेको छ ।