शरीरिक रुपमा अशक्त तथा अपाङ्ग बनाउने सरुवा रोग हो हात्तीपाईले

शाख न्यूज    प्रकाशित: २०७९-२-१५ गते   ३२८ पटक हेरिएको

नेपालगञ्ज — राष्ट्रिय हात्तीपाइले रोग निवारण सम्बन्धि रिप्रिटास सर्भे नेपालगञ्जमा पनि भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर ४ सल्यानीबागलाई केन्द्र बनाएर  सर्भेक्षणमा रक्त नमूना संकलन भएको थियो । ५ बर्ष भन्दा माथिका ब्यक्तिमा हात्तीपाइले रोग भए नभएको एकिन गर्न र आम औषधि सेवन कार्यक्रमको प्रभावकारिताका लागि सर्भे गरिएको थियो । बाँकेमा ११औं पटक आम औषधि कार्यक्रम संचालन भएपनि कार्यक्रम सफल हुन सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाका बरिष्ठ स्वास्थ्य प्रशासक युवराज पोखरेल र भेक्टर कन्ट्रोल अधिकृत कुमार पोखरेल सहितको टोलीले नेपालगञ्ज उपमहानगरपालिकामा अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । सर्भेक्षणभन्दा पहिले स्थानीय तह र वडा तहसम्म जनप्रतिनिधी र स्वास्थ्यकर्मीसहितको अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्द लगायतले आवश्यक सहयोग पनि गरेका थिए । 

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शरीरिक रुपमा अशक्त, असमर्थ तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो। यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीका कारणले लाग्छ। संक्रमित पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र रोगका लक्षणहरु देखिन्छन्। लक्षण देखिइसकेपछि भने रोग निको पार्न सकिँदैन। हात्तीपाइले रोगबाट बच्न तथा प्रारम्भिक अवस्थामा नै पूर्ण रुपमा निको हुनका लागि रोगको जोखिम भएका सम्पूर्ण जिल्लाहरुमा राष्ट्रिय आम औषधि सेवन कार्यक्रम संचालन भएको थियो । नेपाल सरकारले रोग प्रभावित जिल्लाहरुमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एक पटक लगातार ६ वर्षसम्म हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गर्ने र अरुलाई पनि गर्न लगाउने अभियान सूरु गरिएको भएता पनि  तर नेपालगन्जका केहि वडाहरुमा भने औषधि खानेको संख्या कम भएकाले हामीले  चुनौतिहरुको सामना गर्नृुका साथै १२ औ पटक यो अभियान गर्नु परेको  नेपालगन्ज उपमहानगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बताए । 

वास्तवमा हात्तीपाईले रोगबाट बच्न तीन थरि औषधिहरु प्रयोग गरिन्छ। जुन पूर्णरुपमा सुरक्षित मानिन्छ। यी औषधि विश्वभरी प्रयोग हुँदै आइरहेका छन्। यी औषधिले हातीपाइले रोग लागिसकेकाहरुको उपचार हुनुका साथै रोग लाग्नबाट समेत बचाउँछ । गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुका साथै  औषधि सेवन गरिरहेकाहरु, जस्तै क्यान्सर, मुटु रोगी, कलेजो रोगी, फोक्सोको दीर्घ रोगी, छारे रोगीहरु,  तथा कुपोषण भएका पाँच वर्ष मुनिका बालबालिकाहरुले यो औषधि सेवन गर्नु हुँदैन तर औषधि सेवन गर्न मिल्ने सबै व्यक्तिले औषधि सेवन गर्नुपर्दछ । आम औषधि सेवन कार्यक्रम लागु भए सँगै तालिम प्राप्त स्वास्थ्यकर्मी तथा स्वयंसेवकहरुले घर नजिकैको बुथमा औषधि खुवाँनुका साथै बुथमा छुटेकालाई घरदैलो गरेर पनि खुवाईएको थियो । नेपालगञ्जमा अहिलेसम्म सम्पूर्ण वडाबासीहरुले औषधि सेवन गर्न आनाकानी गर्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ रहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech