नेपाल सरकारको वार्षिक कार्यानुसार नेपालगन्ज उपमहानगरपालिकामा काम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०७९-२-१५ गते   ३३५ पटक हेरिएको

नेपालगन्ज — कोभिड—१९ को बेला सरकारी तवरबाट थुप्रै कमजोरी भएका थिए, नागरिक पनि कमजोरीले नै भरिए । स्वास्थ्य मापदण्ड पालनामा थुप्रै कमजोरी र हेलचेक्र्याइँ नागरिकहरूबाट भए । क्वारेन्टिनमा नबस्ने, मास्क नलगाउने, सरसफाइ नगर्ने, हात नधुने प्रवृत्ति देखिएको थियो । कोभिड–१९ महामारीमा लाखौं मानिस संक्रमित भए, अझै संक्रमित हुने क्रम रोकिएको छैन । धेरैको मृत्यु भइसकेको छ । मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र यसबाट प्रभावित छ । पहिलेको जस्तो जीवन सरल र सहज छैन, दिनचर्या बिथोलिएको छ । नियमहरू फेरिएका छन् । कोरोनाभाइरस संक्रमणको दर घटाउन लामो समय बन्दाबन्दी र निषेधाज्ञा पनि गरियो ।
अहिले अवस्था केही सामान्य भएको आभाष भएपनि अझै खुलेर सामाजिक सम्पर्क राख्न सक्ने स्थिति बनिसकेको छैन । यस्तो अवस्थामा शारीरिक र सामाजिक एक्लोपनले आममानिसको मानसिक स्वास्थ्यमा गहिरो असर पुर्याकउछ । जोखिममा रहेका समूहलाई मानसिक अस्वस्थताले गाँजेकै छ । खासगरी गर्भवती र सुत्केरी समूह बढी प्रभावित छन् ।
अग्रपंक्तिमा खटिएर काम गर्ने स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी तथा कर्मचारी, सुरक्षाकर्मी ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी०, सार्वजनिक फोहोर संकलक सरसफाईकर्मी, एम्बुलेन्स तथा शव वाहन चालकहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरु, विमानस्थलमा खटिने कर्मचारीहरु, सार्वजनिक क्षेत्र ९सरकारी कार्यालय, सामुदायिक सेवा प्रवाह गर्ने संघ संस्था, बैंकिङ सेवा, संचारकर्मी, पत्रकार, सार्वजनिक यातायातका चालक तथा सहचालक आदि० मा काम गर्ने कर्मचारीहरुलाई ‘बूस्टर डोज’ खोप लगाउन सुरु गरिएको थियो । नेपाली समाजमा अहिले कतिपय अभिभावकहरू आफ्ना नानीबाबुमा यस्तो समस्या देखिएमा घरभित्रै समस्या लुकाउने र बाहिर नल्याउने गर्दा समस्या झनै थुप्रिएर रहने गरेको र यसले बाबुआमा नै डिप्रेसनमा जाने गरेको पनि देखिएको छ । आफ्ना सन्तानको भविष्यको पिरले गर्दा अभिभावक पनि प्रताडित भएको पाइने गर्दछ। जसका कारण परिवार नै विखण्डनतिर जाने गरेको देखिएको छ  । 
कोभिसिल्ड र भेरोसेलको पहिलो डोज खोप लगाएका र समयावधि भित्र दोस्रो मात्राको खोप लगाई ६ महिना समयावधि पुगिसकेका ब्यक्तिहरुलाई खोप दिईएको थियो । त्यसैगरी ६० बर्ष उमेरमाथिका नागरिकहरुलाई माघ १४ गतेदेखि ‘बूस्टर डोज’ खोप समेत संचालनमा ल्याईएको थियो ।
नेपाल सरकारको वार्षिक कार्यानुसार नेपालगन्ज उपमहानगरपालिकामा काम सम्पन्न गरेको पाइएको छ । मातृशिशु, सुत्केरी सेवा, हात्तिपाइले, कोभिड एवं निमित खोप, पोषणका कार्यक्रम स्वास्थ्य शाखाले नियमित सञ्चालन गरिरहेको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिएका हुन ।  फ्रन्टलाइनमा रहेर कार्य गर्दै आएकाहरुलाई बूस्टर डोज लगाइएको र नेपालगन्जका २३ वटै वडाका स्वास्थ्य केन्द्रहरुमा कोभिसिल्ड र भेरोसिलको बूस्टर डोज लगाईएको समेत नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिएका हुन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech