हङकङमा नयाँ नियमको घोषणा

शाख न्यूज    प्रकाशित: २०७७-४-८ गते   ८३५ पटक हेरिएको

एजेन्सी, ७ साउन । हङकङले कोभिड १९को बढ्दो घटनाहरूको बीचमा नयाँ र कडा प्रतिबन्धको घोषणा गरेको छ। नयाँ प्रतिबन्ध बुधवार मध्यरातदेखि लागु हुनेछ।नयाँ नियमका अनुसार सबै इनडोर सार्वजनिक स्थानहरूमा मास्क लगाउन अनिवार्य हुनेछ। नियम उल्लंघन गर्नेहरूलाई अधिकतम ६ सय ४५ डलर जरिवाना लगाउन सकिनेछ। प्रतिबन्ध अन्तर्गत हङकङमा जिम र मनोरञ्जन पार्क २८ जुलाई सम्म बन्द रहनेछ। त्यस्तै साँझ ६ बजेपछि रेस्टुरेन्टमा खाना खान प्रतिबन्ध रहेको छ / स्वास्थ्य मन्त्री सोफिया चानले भनिन्, ”यो हङकङको लागि सबैभन्दा गम्भीर समय हो। हामी मानिसहरूलाई धैर्य गर्न र सकेसम्म घरमा बस्न आग्रह गर्दछौं। ” हङकङमा पछिल्ला हप्ताहरूमा कोरोना संक्रमण वृद्धि भएको छ। मंगलबार ६१ नयाँ संक्रमण फेला परेको थियो । त्यस्तै दुई व्यक्तिको मृत्यु भएको थियो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech