कोलकाता–विराटनगर रेल कार्गो सेवा सञ्चालन

शाख न्यूज    प्रकाशित: २०८३-४-२ गते   ३५७ पटक हेरिएको

काठमाडौं - कोलकाता–विराटनगर रेल कार्गो सेवा शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । यो रेलले नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै नेपालसम्म ढुवानी गर्नेछ । नेपाल–भारत पारवहन सम्झौताअनुसार तेस्रो मुलुकबाट हुने आयात तथा निर्यातका लागि भारतीय सडक, रेल र जलमार्ग प्रयोग गर्न सकिने व्यवस्था छ ।

भारत सरकारले चीनसँग स्वामित्व वा व्यावसायिक सम्बन्ध भएका चार कम्पनीलाई महत्त्वपूर्ण विद्युत् प्रसारण पूर्वाधारसम्बन्धी सरकारी परियोजनाको ठेक्का प्रक्रियामा सहभागी हुन विशेष अनुमति दिएको छ । गत जुनमा भारतको संघीय वित्त मन्त्रालयअन्तर्गतको व्यय विभागले टीबीईए इनर्जी इन्डिया, नान्जिङ इलेक्ट्रिक इन्डिया, न्यु नर्थइस्ट इलेक्ट्रिक इन्डिया र ताइकाई इलेक्ट्रिक (इन्डिया) लाई दुई वर्षका लागि प्रतिबन्धबाट छुट दिएको हो ।  

चिनियाँ लगानीका यी कम्पनीले भारतमै सामग्री उत्पादन गर्दै आए पनि सन् २०२० मा भारतको वित्त मन्त्रालयले भारतसँग सीमा जोडिएका देशका बोलपत्रदातालाई सरकारी खरिद र ठेक्का प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाएको थियो ।टीबीईए चिनियाँ कम्पनी टीबीईए ग्रुपको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । नान्जिङ इलेक्ट्रिक इन्डिया चिनियाँ विद्युत् उपकरण निर्माता नान्जिङ इलेक्ट्रिकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो । न्यु नर्थइस्ट इलेक्ट्रिक इन्डियाले चिनियाँ विद्युत् कम्पनीसँग प्रविधि हस्तान्तरणसम्बन्धी सहकार्य गरेको छ । ताइकाई इलेक्ट्रिक (इन्डिया) चीनमा मुख्यालय रहेको ताइकाई ग्रुपको सहायक कम्पनी हो । 

यद्यपि भारतले यी चार कम्पनीलाई मात्रै सीमित अवधिका लागि छुट दिइएको उल्लेख गर्दै यसलाई भविष्यमा अन्य कम्पनीका लागि नजिरका रूपमा नलिन स्पष्ट निर्देशन दिएको छ ।  भारत र चीनबीचको व्यापारिक सम्बन्ध सुधार हुँदै गएको पृष्ठभूमिमा नेपालका जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीको संलग्नतालाई लिएर भारतले गर्दै आएको अविश्वास मेटाउन कूटनीतिक पहल गर्नुपर्ने सरोकारवाला बताउँछन् । नेपालले भारतमा बिजुली व्यापार गर्न हरेक आयोजनाअनुसार स्वीकृति लिनुपर्छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech