नेपालगन्ज - बाँकेको जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलाई बुधबार स्वागत गरिएको छ ।
यसअघिका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विक सेवा निवृत्त भई विदाई भए पश्चात उनको ठाउँमा उद्योग बाणिज्य आपूर्ति तथा संरक्षण विभाग बबरमहल काठमाण्डौबाट सरुवा भएर आएका उपाध्यायलाई स्वागत गरिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत उपाध्यायको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले आफ्नो बाँकी कार्यकाललाई सफल बनाइदिन अहम् भूमिका निभाउने विश्वास ब्यक्त गरे । अध्यक्ष खाँले सबैलाई मिलाएर सबैसँग समन्वय र सहकार्य गरेर उपाध्याय अघि बढ्ने विश्वास व्यक्त गरे ।
त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले गाउँसभाले लिएका नीति तथा कार्यक्रमहरु, बजेटले तय गरेका उद्देश्यहरु र जनप्रतिनिधिहरुले बनाएका आवधिक योजनाका साथै लुम्बिनी प्रदेशले लिएका नीति, संघीय सरकारले लिएका नीतिलाई स्थानीय स्तरसम्म कार्यान्वयन गर्न आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।
आयोजित गाउँपालिका उपाध्यक्ष रामप्यारी यादव, वडा अध्यक्षहरु राजकुमार कुर्मी, रमेश कुमार बर्मा, जनप्रतिनिधिहरु लगायत कर्मचारीहरुले उपाध्यायलाई स्वागत गरेका हुन् । स्वास्थ्य शाखाका प्रमुख दल वहादुर रानाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन कृषि शाखा प्रमुख मनोज मण्डलले गरेका थिए ।