बाँके २७ भदौ - बाँकेको बैजनाथ गाउँपालिकाले संचालन गरेको सुर्योदय माध्यमिक बिद्यालयको क्वारेन्टाइनमा १०६ जना मध्ये ४६ जना पि सि आर रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएका छन । जसमध्ये हाल ६० जना सुर्योदय माध्यमिक बिद्यालय बैजनाथ १ चिसापानीको क्वारेन्टाइनमा रहेका छन् । सो क्वारेन्टाइनमा बस्नेमध्ये सबै भन्दा बढी दोश्रो मुलुक भारतमा काम गर्न गएका नेपालीहरु नेपाल फर्किए पछि उहाँहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन गरिएको वडा अध्यक्ष रुप बहादुर मल्लले जानकारी दिनुभयो । क्वारेन्टाइनमा बसेको ७ दिनमा पि सि आर चेक गरिन्छ भने त्यसको ७२ घन्टापछि मात्र भेरी अस्पताल नेपालगन्ज को ल्याब बाट आएको रिपोर्टको आधारमा आईसोलेसन वा घर पठाउने गरिएको अध्यक्ष मल्लले बताए ।
त्यसैगरी क्वारेन्टाइनको खाना नास्ताको ब्यवस्थापन
बिहान ७:०० बजे चिया बिस्कुट, खाना ११:०० बजे दिउँसोको नास्ता ३:०० बजे र बेलुका ६:०० बजे खाना खुवाउने गरिएको कार्यपालिका सदस्य संगिता सुनारले जानकारी दिनुभयो । उक्त क्वारेन्टाइन २ जना गर्भवती महिला, बालबालिका१३ जना , पुरुष १५ जना , ३० जना महिला गरि कुल ६० जना रहेका छन् । बिगतको क्वारेन्टाइन खर्चमा पनि प्रतिब्यक्ती ३ सयका दरले ब्यवस्थापन गर्ने भनिएको भएपनि मेस संचालन गरेर प्रतिब्यक्ती १ सय ७६ रुपैयाँ प्रतिदिन खर्च भएको थियो।यसरी कम खर्चमा ब्यवस्थापन गर्न कार्यपालिका सदस्य संगिता सुनार वडा सदस्य गोरख बहादुर बुढा र मर्थरी थारु लगाएत टिमको सक्रियतामा क्वारेन्टाइनको ब्यवस्थापन गर्न सम्भव भएको वडा अध्यक्ष मल्ल जानकारी दिनुभएको छ ।