नेपालगन्ज १४ असार - जननेता मदन भण्डारीकाे ७४ औं जन्मजयन्तीकाे अवसरमा शनिबार बाँकेमा नेकपा एमालेले बृहत् बृक्षाराेपण गरेकाे छ । मदन भण्डारी फाउन्डेसन र नेपाल उद्योग तथा ब्यवसायी महासंघले त्यसकाे अगुवाई गरेका थिए ।
मदन भण्डारी फाउन्डेसन बाँकेका अध्यक्ष पदम धितालकाे अगुवाइमा नेकपा एमाले बाँकेकाे पार्टी कार्यालय परिसरमा बृक्षाराेपण गरियाे ।
पार्टी केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज शान्ती ढकाल,केन्द्रीय सदस्य माेहमद हारुन,जिल्ला अध्यक्ष निरक गुरुङ,पार्टी पदाधिकारी एवं जनवर्गीय संगठनका नेताहरुको सहभागीता थियाे ।
त्यस्तै नेपाल उद्योग तथा ब्यवसायी महासंघकाे अगुवाइमा एकीकृत भंसार जाँचचाैकी परिसरमा बृक्षाराेपण गरिएको छ ।
अध्यक्ष भिम रानाभाटकाे अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्र, पार्टी नेता तथा महासंघका केन्द्रीय सदस्य भाष्कर काफ्ले, प्रदेश सहसचिव सराेज चाैधरी, नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ , स्थानीय विभाग प्रमुख मीन मल्ल लगायतको सहभागीता थियाे । नेकपा एमाले बाँकेका सचिव बलराम भट्टराईले जिल्लाभर विभिन्न पाँचसय बाेट बिरुवा लगाएको बताए ।