चौथो गौरव स्मृति दिवसको अवसरमा निःशुल्क आँखा चेकजाँच कार्यक्रममा १ सय ९४ जना पत्रकार लाभान्वित

फाउन्डेसनद्वारा फिलिपिन्सकाे राजधानी मनिलामा सम्पन्न म्याक्रो “लिटल एन्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेेता माेनिका कडायतलाई सम्मान

शाख न्यूज    प्रकाशित: २०८२-२-३१ गते   १२९९ पटक हेरिएको

प्रेम सिंह 
बाँके १ असार - गौरव स्मृति तथा वि. योर सेल्फ फाउण्डेशन आयोजनामा निःशुल्क आँखा चेक जाँच शिविर संचालन गरिएको थियो ।

चौथो गौरव स्मृति दिवसको अवसरमा पत्रकारहरुको लागि निःशुल्क आँखा जाँच कार्यक्रम फाउण्डेशनको प्राङ्ग‌णमा सम्पन्न भएको छ । फाउण्डेशनको आयोजना र नेपाल पत्रकार महासंघको सहकार्यमा आइतबार आयोजना गरिएको थियोे । विभिन्न क्षेत्रमा काम गर्दै आइरहेका पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरि औषधि सहित चस्मा वितरण गरिएको छ ।

फाउन्डेसन अध्यक्ष मधु शाहकाे सभापतित्व र नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नवीन गिरीको प्रमुख आतिथ्यता सम्पन्न भएको हो । 

फिलिपिन्सकाे राजधानी मनिलामा सम्पन्न म्याक्रो “लिटल एन्ड टिन ग्ल्याम पेजेन्ट इन्टरनेशनल २०२५” मा प्रथम पुरस्कार बिजेेता माेनिका कडायतलाई संयुक्तरुपमा सम्मान पत्र प्रदान गरिएको हो । बाँके निवासी कठायतले देशकाे नाम चिनाउन सफल भएकाेमा उनलाई सम्मान गरिएकाे फाउन्डेसनका संस्थापक संरक्षक प्रदिप शाहले बताएका छन् ।

उक्त कार्यक्रममा १ सय ९४  जना पत्रकारहरु लाभान्वित भएका छन् भने १ सय ३ जना पत्रकारहरुलाई औषधि र ९१ जना पत्रकारहरुलाई चस्मा सहित औषधि वितरण गरिएको फाउन्डेसनका संस्थापक संरक्षक प्रदिप शाहले जानकारी दिएका छन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष झलक गैरे, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. पत्रकार जय सिंह के.सि, फाउन्डेसनका प्रतिनिधि, चिकित्सक, विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो । सामाजिक कार्यमा अग्रसर फाउन्डेसनले विगत लामो समय देखि निरन्तर रुपमा पत्रकारहरुलाई विभिन्न प्रकारका सेवा प्रदान गर्दै  आएको छ ।यति मात्रै नभई हरेक क्षेत्रमा फाउन्डेसनले सामाजिक कार्य गरिरहेको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech