अत्याधुनिक सेवा सुबिधासहित लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर नेपालगन्जमा संचालन

शाख न्यूज    प्रकाशित: २०८२-२-२७ गते   ३५४ पटक हेरिएको

प्रेम सिंह 

बाँके - नेपालगन्जमा लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । बुधबार आयोजित कार्यक्रममा  गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाह र नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले संयुक्त रुपमा सेन्टरको शुभारम्भ भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि यादवले नेपाली कामदारको मेहनत, इमानदारी र अनुशासनको प्रशंसा गर्दै विदेशी रोजगार बजारमा उनीहरूको माग उच्च रहेको हुँदा स्वदेश तथा विदेशमा रोजगारीका अवसर प्रशस्त भएकाले दक्ष कामदारको माग उच्च रहेकोले उक्त मागलाई पूर्ति गर्न ट्रेनिङ सेन्टरले भुमिका खेल्ने तथा  नगरपालिकाले ट्रेनिङ सेन्टर संग समन्वय गरि दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

सेन्टरका निर्देशक भोदुराम थारुले व्यावसायिकता र तालिमको महत्त्वबारे चर्चा गर्दै हामी दक्ष तालिम र रोजगारीका अवसरहरूलाई जोड्ने लक्ष्यसहित अघि बढ्ने र नेपाली युवाहरूलाई सही ज्ञान र सीप प्रदानका लागि अग्रसर भएको बताएका छन् । 

रोजगारीको अभावमा वैदेशिक रोजगारीमा जाने युवाहरुलाई सीपमुलक तालिम लिन जरुरी रहेको हुँदा  सीप सिकेर विदेश जाँदा सिकेकै काम पाईने, पारिश्रमिक राम्रो पाईने र काम नपाउने जोखिम कम हुने भएकाले युवाहरुलाई सीपमुलक तालिम दिनका लागि स्थापना गरिएको ट्रेनिङ सेन्टर पश्चिम नेपालकै तालिम दिने थलो बन्ने नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले बताए । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले वैदेशिक रोजगारका लागि उचित तालिम अनिवार्य रहेको उल्लेख गर्दै नेपालगन्जका युवा बिदेश गए पनि तालिमको अभावले चाहेको जस्तो रोजगारी नपाउने गरेको गुनासोहरु आउने गरेको हुँदा आउने दिन बैदेशिक रोजगार र स्थानिय स्तरमा रोजगार गर्न चाहने युवाहरुको पहिचान गरि सेन्टर मार्फत आउने आर्थिक वर्षमा वजेट विनियोजन गरि तालिम संचालन गर्ने बताएका छन् ।  

कक्षा कोठाहरू २० देखि २५ जना प्रशिक्षार्थी अट्ने क्षमता रहेको तथा ट्रेनिङ सेन्टरमा आधुनिक प्रविधियुक्त पठन–पाठन कक्ष, केयर गिभर प्रशिक्षणका लागि प्रयोगशाला, बारिस्टा र सेफसहितको रेस्टुरेन्ट कोठा लगायत रहेको सेन्टरका सिइओ अभिषेक थारुले जानकारी दिए ।

यसै गरि सोही कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभाग बाँकेका प्रमुख उपनिर्देशक ओम खण्डकाको बाँके बाट सरुवा भए पछि लियाना हस्पिटालिटीले मायाको चिनो प्रदान गर्दै नयाँ कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको थियो । 

कार्यक्रममा बर्दियाको मधुवन नगरपालिकाका पुर्व मेयर कृष्ण केसी, सशस्त्र प्रहरी उपरीक्षक नर बहादुर राउत, सशस्त्र प्रहरी उपरीक्षक शोभाकान्त खनाल, राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक ओम खडका, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जिवन मल्ल, गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश शर्मा, समाज सेवी अमर भण्डारी, नेकपा माओवादी केन्द्रकि नेता मिना मल्ल पुन, लियाना मेनेजमेन्ट सर्भिसका डाइरेक्टर उदय खत्री, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख राम बहादुर चन्द, भान्से लक्ष्मण प्रसाद भण्डारी लगायतले सीप विकास, व्यावसायिकता र आपसी सहकार्यको महत्त्वमा जोड दिएका छन्  ।

संचारकर्मी आलम खानले संचालन गरेको कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षकद्वय, अनुसन्धान विभागका उपनिर्देशक ओम खडका लगायत बाँके बर्दियाका जनप्रतिनिधि, समाज सेवी, राजनितिक दलका प्रतिनिधी र पत्रकारहरुको सहभागिता रहेको कार्यक्रममा लियानाका लेखा अधिकृत बिमला शर्माले फुलमाला लगाएर स्वागत गरेकी हुन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech