नरैनापुर गाउँपालिकाले मनायो गणतन्त्र दिवस

शाख न्यूज    प्रकाशित: २०८२-२-१४ गते   ३८९ पटक हेरिएको

बाँके - गणतन्त्र दिवसको अवसरमा नरैनापुर गाउँपालिकाले आयोजना गरेको सडक सफाइ र प्रभातफेरी कार्यक्रमको कोणसभा कार्यक्रमलाई सम्बोधन गर्दै जनता र समाजवाद उन्मुख गणतन्त्रको पक्षमा उभिएर संघर्ष गर्ने बेला आएको नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले जिकिर गरे।

ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नरैनापुर गाउँपालिका दृढ रहेको अध्यक्ष शाहले उल्लेख गरे । लोकतन्त्रबिनाको गणतन्त्र सार्थक गणतन्त्र हुन नसक्ने उनले बताए । पालिका स्तरमा नै जनतालाई गणतन्त्र आएको अनुभुति गर्ने गरी काम गरिरहेको बताउदै उनले गणतन्त्रकै कारण नरैनापुरको मुहार फेरिएको दावि गरे ।

कार्यक्रममा बडा नं. १ का अध्यक्ष इसाक जोलाह, वडा ३ का वडा अध्यक्ष अजय मौर्य, इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक गणेशराज उप्रेती, सशस्त्र प्रहरी निरिक्षक सुशील केसी, महिला शाखा प्रमुख कृष्णा चन्द्र, क्राते प्रशिक्षक नरहरि नाथ योगी, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, राजेश्व शाखा प्रमुख मुक्दर अलि मुकेरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको कार्यक्रममा ४ जना कराते खेलाडीहरुलाई ब्ल्याक बेल्टबाट सम्मान गरिएको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech