बाँके २५ भदौ – बिहिवार नेपालगन्ज स्थित भेरी अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा १४ जना र कोहलपुरको बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा ४ जनामा संक्रमण पुष्टि भएको हो । उक्त संक्रमितहरु बर्दियाका १ जना, दाङका १ जना, महेन्द्रनगरका १ जना, बाँकेका १५ जना गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो । संकमीत १८ जना मध्ये ३ जना महिला र १५ जना पुरुष रहेका छन् ।
हालसम्म बाँके जिल्लामा १ हजार ३ सय ६३ जना कोरोना संक्रमित देखिएकोमा उपचारपछि ९ सय ५१ जना डिस्चार्ज भई घर फर्किसकेका छन् भने विभिन्न आईसोलेसनमा ४ सय ४ जना रहेका छन साथै हाल सम्म ८ जनाले ज्यान गुमाइसकेको फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।