नेपालगन्जमा भन्सार छली गरि ल्याइएका अटो पार्टसका सामान बरामद

शाख न्यूज    प्रकाशित: २०८२-२-१२ गते   ५२० पटक हेरिएको

प्रेम सिंह

बाँके १३ जेठ - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे  २ लाख भन्दा बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ ।

सोमबार  नेपालगन्ज   उपमहानगरपालिका वडा नं. १० गणेशमान चोकबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका अटो पार्टसका सामानहरु बरामद गरिएको हो । 

गोप्य सुचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक अरुण बमको कमाण्डमा खटिएको प्रहरी टोलिले बेवारिसे अबस्थामा रहेको अटो पार्टसका सामानहरु बरामद गरिएको थियो ।

बरामद गरिएका अटो पार्टसका सामानहरु अन्दाजी भन्सार मूल्य रु.  २ लाख ५० हजार रुपैयाँ बराबर रहेको प्रहरी निरीक्षक बमले जानकारी दिएका छन् ।

बरामद भएको अटो पार्टसका सामानहरुलाई थप अनुसन्धान र  आवश्यक कारबाहीका लागि मंगलबार नेपालगंज भन्सार कार्यालयमा पठाईएको  वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech