सशस्त्र प्रहरीद्वारा मोटरसाइकलसहित बोइलर कुखुरा बरामद

शाख न्यूज    प्रकाशित: २०८२-२-१२ गते   ५०९ पटक हेरिएको

नेपालगन्ज - सशस्त्र प्रहरीले बाँकेको जानकी गाउँपालिकाबाट एउटा मोटरसाइकलसहित ठूलो परिमाणमा बोइलर कुखुरा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहत रहेको फरवार्ड बेस साईगाउँबाट सशस्त्र प्रहरी नायब निरीक्षक जीवन पौडेलको कमान्डको टोलीले जानकी-१ साईगाउँबाट एउटा मोटरसाइकलसहित एक क्विन्टल बोइलर कुखुरा बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध तस्करी गरेर ल्याइँदै गरेको १ क्विन्टल बोइलर कुखुरा तस्करले सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल र कुखुरा छोडेर फरार भएका हुन् ।

बरामद गरिएको अवैध बोइलर कुखुरा र मोटरसाइकललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech