ट्राफिक प्रहरीद्वारा पार्किंङ व्यवस्थापनका लागि नो पार्किङ बोर्ड लगाउदैं

शाख न्यूज    प्रकाशित: २०८२-२-७ गते   १८० पटक हेरिएको

बाँके ८ जेठ - ट्राफिक प्रहरी कार्यालय नेपालगन्जले उपमहानगरपालिका अन्तर्गतका सडक छेउमा हुने अव्यवस्थित  पार्किङका कारण सवारीको आवागमनमा असहजतासहित दुर्घटनाको समेत जोखिम बढेपछि नो पार्किङ बोर्ड लगाइएको छ ।

नेपालगन्ज उपमहानगरपलिका वडा नम्बर २ को सहयोगमा बिहीबार नेपालगन्जको विभिन्न स्थानमा १० थान नो पार्किंग अंकित बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज वरिष्ठ प्रहरी नायब निरीक्षक नन्दराम पोखरेलले बताएका छन् ।

नेपालगन्जमा मानिसको सबैभन्दा बढी चाप हुने धम्बोझीस्थित बागेश्वरी गेट देखि त्रिभुवन चोकसम्म ७ थान र धम्बोझी चोक देखि सेतु बिक चोक सम्म ३ थान गरी १० स्थानमा नो पार्किंग अंकित बोर्ड लगाइएको इन्चार्ज पोखरेलले जानकारी दिएका छन् ।

नेपालगन्जको अव्यवस्थित पार्किंग व्यवस्थित गर्न स्थानीय व्यापारिसँगको सहकार्यमा हप्ताको ३-३ दिन गरी वन साइड पार्किंङ व्यवस्थापन गर्नुका साथै अव्यवस्थित रुपमा पार्किङ गर्नेलाई पहिलो पटक सम्झाइन्छ,तर अटेरी गरेमा नियम अनुसार कारबाही गरिने इन्चार्ज पोखरेलले बताएका छन् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech