काठमाडौं २५ भदौ - बिहीबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सो बैठकमा नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखको नियुक्ती गर्ने बुझिएको थियो । प्राधिकरणको कार्यकारी प्रमुखमा उर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङलाई नै निरन्तरता दिनेगरि प्रस्ताव तयार परेको स्रोतको दाबी छ । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा व्यस्त हुने भएकोले बैठक स्थगित् गरिएको एक मन्त्रीले जानकारी दिए । घिसिङको नियुक्ती चार वर्षको लागि हुनेछ । मन्त्रिपरिषद बैठक शुक्रबार मात्रै बस्ने भनिएकोले अब घिसिङको नियुक्ती पनि शुक्रबार नै हुने स्रोतले जनाएको छ ।