नेपालगन्जवाट भन्सार छलिको सामानहरु बरामद

शाख न्यूज    प्रकाशित: २०८२-२-४ गते   २५५ पटक हेरिएको

मेराज सल्मानी 
बाँके - जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार दिन नेपालगन्जवाट भन्सार छलिको सामानहरु बरामद गरेको हो । नेपालगन्जका विभिन्न स्थानबाट १ लाख भन्दा बढिको अवैध सामान बरामद गरिएको छ ।

खटिएको प्रहरी टोलिले  नेपालगन्ज उपमहानगरपालिका वडा १५ जमुनाह बाट भन्सार छलिको कुर्ता सुरुवाल लगायतका लत्ताकपडा अन्दाजी १ लाख ९४ हजार ९ सय  रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

बरामद गरिएका अबैध सामान  थप अनुसन्धान तथा आवश्यक कारवाहीकालागि सोमबार नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech