चिकित्सकको लापरवाहीले एक युवाको अस्पतालमै मृत्यु

शाख न्यूज    प्रकाशित: २०७७-५-२३ गते   ४९४ पटक हेरिएको


पर्सा २३ भदौ -  नारायणी अस्पतालमा उपचार गर्न पुगेका बारा जिल्लाका विक्रम चौधरीको चिकित्सकहरुको लापरवाहीले नै मृत्यु भएको उनका परिवार स्रोतले जनाएको छ ।
विक्रम चौधरीमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उपचारका लागि भाद्र २१ गते आइतबार लगभग ११ बजे नारायणी अस्पताल पुगेका थिए । उनलाई उपचारका लागि अस्पतालले आइसियुमा भर्ना गरेतापनि कुनै किसिमको हेरचाह नभएको जनाएको छ । यसरी जिम्मेवारी बिहिन भएर काम गरिएको थियो । वास्तवमा भन्ने हो बिरामीको उपचारमा चिकित्सकहरुको लापरवाही नै हाे भन्ने मृतकका परिवारले जानकारी दिएका छन् ।
उपचारका लागि आइतबार ११ बजे नारायणी अस्पताल पुगेका थियौँ, र अस्पतालले आइसियुमा भर्ना गरेतापनि कुनै किसिमको हेरचाह तथा समान्य उपचार समेत गरिएन ।’ उनका परिवार स्रोतले बताएका छन् । प्राप्त प्रमाण अनुसार, नारायणी अस्पतालमा लापरवाही भएकै देखिन्छ । चौधरीको स्वाव २१ गते नै संकलन गरिएको थियो तर, रिपार्टमा भने २३ गते उल्लेख गरिएको पाइएको छ ।

मृतक विक्रम चौधरीले पाउलान् त न्याय ?
निजका परिवारले उनको न्यायको माग गरेका छन् । साथै यस घटनाको निष्पक्ष छानविन तथा दोषीलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय पर्सामा निवेदन पेश गरेका छन् । उक्त निवेदनमा ‘विक्रम चौधरी उपचार नपाएकै कारणले अकालमै ज्यान गुमाउनु परेको र सम्बन्धित स्वाथ्यकर्मीहरुमाथि छानविन तथा कारवाहीका लागि माग गर्दछौँ ।’ उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा उक्त सम्बन्धको निवेदन परेसँगै जिल्ला प्रशासन कार्यालय पर्साले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ काठमाडाैंमा भाद्र २२ सोमबार पत्र पठाइएको थियोे ।
साथै, यस विषयमा छानविनका लागि नारायणी अस्पतालले पनि चिकित्सकहरुको ३ सदस्यीय छानवीन समिति गठन गरिएको छ । सो छानवीन समितिको प्रतीवेदन अनुसार दोषी ठहरिएमा दोषीलाई कारवाहीका साथै उचीत क्षतीपुर्ती व्योहोर्ने प्रतिबद्धता जाहेर गरेका छ्न । मृतकको परिवारका अनुसार न्यायको लागि अपिल गरेका छन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech