नेपालगन्ज - अर्घाखाँची सम्पर्क मञ्च बांकेकाे अध्यक्षमा बिष्णु प्रसाद खनाल सर्वसम्मत निर्वाचित भएका छन् । प्रथम साधरण सभा तथा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । बांकेकाे जानकी गाउँपालिका स्थित हाेटल पाैवामा एक कार्यक्रम बीच सम्पन्न भएको हो ।
अर्घाखाँची सम्पर्क मञ्च बाँकेका अध्यक्ष बिष्णु प्रसाद खनालको अध्यक्षता एवं पूर्व संविधान सभा सदस्य देवराज भारकाे प्रमुख आतिथ्यता र लुम्बिनी प्राबिधिक बिश्वबिधालयका प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
अध्यक्ष खनालले बाँकेमा छरिएर रहेका अर्घाखाँची बासीहरुलाई मञ्चले एकजुट गराई सुमधुर सम्बन्धसँगै अफ्ट्यारो परेको बेला एकअर्कामा मिलेर सहयोग गर्न टेवा पुर्याउने, लुम्बिनी तथा कर्णाली प्रदेशका पर्यटकिय स्थानलाई प्रचारप्रसार सहयोग हुने बताएका छन् ।
साधरण सभामा नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्दै पूर्व संविधान सभा सदस्य भारले मञ्चले समाजमा रहेका दुखि, गरिब र बेसाहाराको सहयोगी बन्नुपर्नेमा जाेड दिए ।
त्यस्तै विशिष्ठ अतिथि प्राध्यापक डा. घिमिरेले मञ्चले अर्घाखाँचीबासीको आत्मीयतामा जोडिने काम गरेको भन्दै आफू जहाँ रहेपनि जन्मस्थलको नाम रहने गरि काम गर्न आग्रह गरेका छन् । मञ्चका काेषाध्यक्ष किरण खनालले आर्थिक बर्ष ०८०/८१ को प्रतिवेदन पेश गरेका थिए ।
समितिको उपाध्यक्षमा बुद्धी प्रसाद बन्जाडे , सचिवमा कृष्ण प्रसाद मरासिनी , कोषाध्यक्षमा किरण खनाल सदस्यहरु शोभासर पौडेल, रेणुदेवि बेलवासे, कुलेन्द्र बिश्वकर्मा जीव नारायण बेलबासे, कल्पना शर्मा, दमोदर खनाल, पसुपती अर्याल , राम प्रसाद भुसाल , मो . आजम अलि रहेका छ्न ।
यसैगरि अर्घाखाँची सम्पर्क मञ्च बांकेको नेपालगन्ज नगर आजिज अहमतको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति र्निविरोध चयन गरेको छ ।
नगर समितिको उपाध्यक्षमा अस्मिता शाहा ,सचिवमा जमल अलि , कोषाध्यक्षमा सीता बन्जाडे चयन भएका छन् । त्यसैगरी सरिफ अलि, यसाेदिन मियाँ, हसिना खातुन, मोतिराम बेल्बासे, नारायण पोख्रेल, गिता घिमिरे, मनु बस्नेत, प्रवेस खनाल, रेवाजदिन मियाँ सदस्यमा चयन गरिएको थियो ।
