नगरपालिकाको १९ औं नगर सभा सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८२-१-९ गते   ६०० पटक हेरिएको

कंचनपुर - शुक्लाफाँटा नगरपालिकाको १९ औं नगर सभा सम्पन्न भएको छ । नगर प्रमुख रण बहादुर महराले सोमबार आगामी आर्थीक वर्षमा संचालन हुने नीति तथा कार्यक्रम नगर सभामा प्रस्तुत गरेका थिए ।

“उन्नत कृषि गुणस्तरीय शिक्षा, स्वस्थ नगर, दिगो विकासका पूर्वाधार व्यवस्थित आत्मनिर्भर र समृद्ध शुक्लाफाँटाको आधार” भन्ने मुल नारा लिईएको छ । 

नगर सभामा नगर प्रमुख महराले आर्थिक बर्ष २०८२/०८३को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यपालिका सदस्य मनिदत्त पन्तले बजार भाउ समान रहनु पर्ने, शुसासनका क्षेत्रमा पालिकाले ध्यान दिनु पर्ने माग राखेका छन् ।

प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सुझाव तथा सल्लाहका क्रममा कार्यपालिका सदस्य सन्तोला कामीले दलित समुदायको हितकालागि कार्यक्रमहरु समेटिनु पर्ने बताए । 

त्यसै गरि कार्यपालिका सदस्य लालसिंह महराले गत आर्थीक बर्षको नीति तथा कार्यक्रमको उतिच मुल्याङ्कन नभएको गुनासो गर्दै  नगरपालिका भित्रका कर्मचारीहरुलाई दिईने प्रोत्साहन भत्ता तथा सुविधाका बारे नगर सभामा छलफल हुनुपर्ने भनेका थिए । 

नगर सभामा शुक्लाफाँटा नगर सभा सदस्य अञ्जना चौधरीले बिउ उत्पादन तथा भण्डार कार्यलाई जोड दिदै लौङ्गीक विभेद कम गर्न चेतना मुलक कार्यक्रम समेटीनु पर्ने दावी गारिन ।

नगर सभामा वडा नं. ३ का अध्यक्ष तथा कार्यपालिका सदस्य नरेन्द्र चौधरीले समग्र नगर विकासको लागी आएको नीति तथा कार्यक्रमले पालिकाको दिगो विकासमा टेवा पुगाउनुका साथै आगामी दिनमा शिक्षा क्षेत्रमा मातृभाषाको कार्यक्रम समेटिनुपर्ने, शुक्लाफाँटामा बडघर, भल्मन्सा कार्यक्रमलाई प्रदेश तथा नगरपालिकाले समेत काम अघि बढाएको अबस्थामा आगामि दिनमा नीति तथा कार्यक्रममा समेत समेटिनुपर्ने बताए । 

नगर सभामा आफ्ना सुझाव तथा सल्लाह दिने क्रममा वडा नं. ८ का वडा अध्यक्ष बहादुर सिंह महराले कर्मचारीहरुले शुसाशनका क्षेत्रमा ध्यान दिदै निजी शिक्षा क्षेत्रलाई अनुगमन र नियमन गर्नु पर्ने र शिक्षामा भैरहेको व्यापारिकरणलाई हटाउनु पर्ने बताए । नगर सभाले आगामी आर्थीक वर्षमा शिक्षालाई पहिलो प्राथमीकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

शुक्लाफाँटा नगरपालिका वडा नं. १ का अध्यक्ष उत्तर देव भट्टले नीति तथा कार्यक्रमको तयारी गर्ने सदस्यका रुपमा आफु पनि रहेकाले नीति तथा कार्यक्रम अति नै राम्रो रहेको बताएका छन् ।

शुक्लाफाँटा नगरपालिकाको १९ औं नगर सभामा बोल्दै वडा नं. ९ का अध्यक्ष रमेश ऐरले शिक्षा र सड्क निर्माणमा नरपालिकामा उल्लेख्य काम भएको जानकारी दिए। 

कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाकी उपप्रमुख कल्पना पन्तले राजस्व बढी भन्दा बढी उठाउन विज्ञलाई खटाएर पनि काम गर्नु पर्ने बताईन। उप प्रमुख पन्तले गत बर्ष विभिन्न कार्यहरु नगरपालिकाले गरेको उल्लेख गर्दै नयाँ नीति तथा कार्यक्रम कार्यन्वयन गर्न सहयोग गर्न अनुरोध गरेकी थिईन ।

नगर सभाको अन्तमा नगर प्रमुख रणबहादुर महराले छलफलका लागि पेश भएका प्रस्तावहरु सभामा पेश गर्दै पास गरिएको छ । नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख महराले शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका आयोजना, फोहरमौला व्यबस्थापन केन्द्र, शिक्षा क्षेत्रमा सुधार राजश्वमा बृद्धि लगायतका काम भएको बताए  । यस्तै एशियाली विकास बैंकको सहयोगमा संचालीत सडक निर्माणको कार्य अघि बढेको जानकारी दिए । शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क बर्षका रुपमा मनाउने र भएका र नभएका तथ्याङ्क संकलन गरि भण्डारण गरिने भएको छ ।

नगर प्रमुख रण बहादुर महराले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि आफ्ना भनाई राख्दै वडा नं. ५ का सदस्य जयराज पाण्डेयले सरकारी तथा जनप्रतिनिधीका सन्तानहरुलाई अनिवार्य सामुदायिक विद्यालयमा अध्यायन गराउन नीति तथा कार्यक्रममा समेटन माग गरेका छन् । 

कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधी, स्थानीयवासि, कर्मचारी, मनोनित सदस्य तथा पदेन सदस्यलगायतका सरोकारवालाहरुको सहभागिता रहेको छ । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech