बाँके २१ भदौ - स्थायी बसोबास कालिकोट भएका जनमुक्ति सेनाका पूर्व बटालियन कमान्डर नरेन्द्र बोहोरा हाल बैजनाथ गाउँपालिका स्थित बनकट्वा भाडामा बस्दै आएका छन् । उहाँको दुबै मृगौलाले काम गर्न छोडेपछि सहयोगिका लागि आग्रह गर्नुभएको थियोे । जस्ले गर्दा मृगौला प्रत्यारोपणमा लाग्ने खर्चको लागि सहयोगी हातहरु अगाडि बढेका छन् । आर्थिक अवस्था कमजोर भएका कमान्डर बोहरालाई सोमबार कोहलपुर नगरपालिका १० मा रहेको जिवन ज्योति बिद्यालयद्वारा २० हजार ,तथा अन्य ब्यक्तिहरु बाट गरि जम्मा ५२ हजार १ सय ६५ रुपैया सहयोग गरिएको हो । उक्त रकम नेकपा प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, नेकपा कोहलपुर नगर सचीव तुलाराज बिष्टद्वारा मृगौला पीडितका बुवा लाई हस्तान्तरण गर्नुभएको थियोे ।
नेकपा कोहलपुर नगर सचिवको बिशेष सक्रियतामा उक्त रकम संकलन गरि हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर भएका बोहराका बुवाका अनुसार मृगौला प्रत्यारोपणको अन्तिम तयारी भएपनि प्रयाप्त नभएकोले छोराको उपचारका लागि सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको छ । चिकित्सकहरुले जतिसक्दो छिटो प्रत्यारोपण गर्न सुझाव दिएको भएपनि आर्थिक समस्याका कारण गर्न सकिएको छैन। मृगौला प्रत्यारोपण गर्न कम्तीमा १५ लाख जति लाग्ने पीडित बोहराका बुवाले जानकारी दिनुका साथै सहयोग गर्नका लागि हार्दिक अपिल समेत गर्नुभयो ।