ट्राफिक प्रहरी द्वारा दुर्घटना न्यूनीकरणका लागि सचेतना दिदैं

शाख न्यूज    प्रकाशित: २०८१-१२-२८ गते   २८६ पटक हेरिएको

बाँके २९ चैत - जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले निरन्तर रुपमा दुर्घटना न्यूनीकरणका लागि सचेतना कार्यक्रम गरिरहेको छ। 

ट्राफिक प्रहरी कार्यालय बाँके तथा मातहतका ट्राफिक प्रहरी  पोष्टहरुले महेन्द्र राजामर्ग ,हुलाकी राजमार्ग, रत्न राजमार्ग, भित्री सडक खण्ड लगायतका स्थानहरुमा शुक्रबार ट्राफिक सचेतना दिएको हो।

ट्राफिक प्रहरीले सवारी चालक, सहचालक, सवारी धनी ,साइकलयात्री, पैदलयात्री,  लगायत स्थानीयवासीलाई भेला गराएर  ट्राफिक सचेतना दिएको बाँके ट्राफिक प्रहरी कार्यालयका प्रमुख पुष्कर राज पन्तले जानकारी दिएका छन् ।

ट्राफिक प्रहरीले जिल्लाका विभिन्न स्थानहरुमा ट्राफिक नियम ,लेन अनुशासन ,ओभेरटेक गर्ने तरिका , सडक प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा, सवारी दुर्घटनाबाट बच्नेका उपाय बारेमा ट्राफिक सचेतना दिइरहेको प्रमुख पन्तले जानकारी दिएका छन् ।

यसैगरी निरन्तर रुपमा  ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनीकरणका लागि प्रयास गरेमा  दुर्घटनाको संख्या कम हुँदै जाने प्रमुख पन्तले जानकारी दिएका छन्  ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech