फाउण्डेशनद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शाख न्यूज    प्रकाशित: २०८१-१२-२२ गते   ४१७ पटक हेरिएको

प्रेम सिंह

बाँके २३ चैत - विगत लामो समय देखि निरन्तर रूपमा सामाजिक कार्यमा सक्रिय भई आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ । 'गौरव स्मृति तथा बि. योर सेल्फ फाउण्डेसन' को आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

फाउण्डेशनले शनिबार  शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी इद उल फित्र, होलिमिलन तथा नयाँ वर्ष २०८२ को अवसरमा सामुहिक रुपमा शुभकामना आदानप्रदान  गरेकोछ । 

फाउन्डेसनका संरक्षक तथा समाजसेवी प्रदीप शाहले गैरनाफामुलक संस्था भएको हुँदा हामीले विभिन्न किसिमका कार्यक्रमहरु स्वास्थ्य सम्बन्धि शिविर, रक्तदान, सम्मान, महिला सशक्तीकरण तथा उनिहरुको क्षमता अभिबृद्धी सम्बन्धि कार्यक्रम गरिसकेको छ त्यसैले आगामी दिनमा पनि यसैगरी सामाजिक कार्य गर्ने जानकारी दिएका छन् ।

तारा रेग्मीले संस्थालाई निरन्तरता दिन आग्रह गर्दै गौरवले सुरु गरेको समाज सेवाको यात्रा निरन्तरताका लागि आफ्नो साथ र समर्थन रहने बताएका छन् । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ निवासी गौरव साहको २०७८ असार १ गते निधन भएको थियो । मानवीय कार्यमा अग्रसर गौरव युवा अवस्थामै मृत्युवरण भएपछि उनका बुवा एबम फाउण्डेसनका संरक्षक प्रदीप साहुले निरन्तरता दिदैँ आएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि निरन्जन सिंह सिजापती, मेराज हिमालय, पत्रकार चन्द्रेश्वरराज त्रिपाठी लगायतले शुभकामना शुभकामना दिएका छन्  ।

गौरव स्मृति तथा वि योर फाउण्डेशनकी अध्यक्ष मधु शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, संचारकर्मी लगायत स्थानीयवासिहरुको समेत उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech