बाँके १० चैत - बाँकेको डुडुवा गाउँपालिका वडा नं. - २ स्थित बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा सवार दुई जना बालकको घट्नास्थलमै मृत्यु भएको छ।
नौरीगौढी ईंगलिश मिडियम स्कुलबाट घर फर्कंदै गरेका दुईजना बालकलाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले आइतबार ठक्कर दिंँदा दुबैजना बालकको घट्नास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परि विशाल कुमार गोडिया र शिव कुमार गोडियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिएका छन् ।
बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीको नेतृत्वमा पुगेको प्रहरी टोलीमाथि आक्रमण गर्दै चौकीमा समेत ढुंगा प्रहार गर्न थालेपछि नियन्त्रण गर्न प्रहरीले हवाई फायर गरिएको थियो ।
मृतकका आफन्त र स्थानीयबासीहरुले ट्यांकरमा समेत आगो लगाएको प्रहरी प्रवक्ता डिएसपी पातलीले जानकारी दिएका छन् । प्रहरीका अनुसार थप विवरण आउन बाँकी छ ।