होली मिलन तथा ज्येष्ठ नागरिकलाई छाता वितरण कार्यक्रम शुक्रबार सम्पन्न

शाख न्यूज    प्रकाशित: -- गते   १०० पटक हेरिएको

प्रेम सिंह 

बाँके १ चैत  - बैजनाथ गाउँपालिका वडा नं . ७ पेडारीमा होली पर्वका अवसरमा ज्येष्ठ नागरिकहरुलाई गर्मी र तातो हावा ‘लु’ बाट जोगाउने उद्देश्यले छाता वितरण गरिएको छ । रेडियो फेमस एफ.एम ले बिगत लामो समय देखि विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गरिरहेको थियो । गर्मी र तातो हावा ‘लु’ सुरु भएसंगै वडाभित्रका ज्येष्ठ नागरिकहरुलाई शुक्रवार छाता वितरण गरेको हो ।

रेडियो फेमस एफ.एम ९४.३ मेगाहर्जको आयोजना र ॐ बि.सी. मेडिकल हल राँझाको आर्थिक सहोयोगमा होली मिलन तथा ज्येष्ठ नागरिकहरुलाई छाता वितरण कार्यक्रम सम्पन्न भएको छ ।

रेडियो फेमस एफएम का अध्यक्ष कृष्ण प्रशाद चौधरीको  अध्यक्षतामा सम्पन्न छाता वितरण कार्यक्रमको प्रमुख अतिथि  वडाध्यक्ष दिनेश कुमार थारु र विशिष्ट अतिथि बि.सी. मेडिकल हलका हिरा सिंह चौधरीद्वारा जेष्ठ नागरिकहरुलाई  शुभकामना दिदैं छाता बितरण गरिएको हो ।

बैजनाथ गाउँपालिका- ७ का अध्यक्ष तथा प्रमुख अतिथि थारुले ज्येष्ठ नागरिकलाई सम्मानका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताएका छन् ।

वडाभित्रका ८० वर्ष माथिका २८ जना जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप छाता वितरण गरिएको एफएमका अध्यक्ष चौधरीले जानकारी दिएका छन् । आगामी दिनहरुमा पनि सबैलाई समेटेर सबैको सल्लाह अनुसार कार्यक्रमहरु संचालन गरिने अध्यक्ष चौधरीले बताए ।

ॐ बि.सी. मेडिकल हलका चौधरीले ज्येष्ठ नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै छाता वितरण गरिएको बताए । उनले भने ज्येष्ठ  नागरिकहरुलाई गर्मी र तातो हावा ‘लु’ बाट बच्नका लागि छाता आवश्यक भएकाले उपलब्ध गराइएको हो ।

युवाहरुले सम्मानका साथै छाता वितरण गरेकोे हुँदा ज्येष्ठ नागरिकहरु हर्षित भएका छन् । रेडियो फेमस एफएम ९४.३ मेगाहर्जका प्रबन्ध निर्देशक ध्रुवराज चौधरीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधि , ज्येष्ठ नागरिक समाजसेवी , बुद्धिजीवी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech