एसपी कार्कीद्वारा सवारीसाधन चेकजाँचमा कडाई

नियम विपरीत गुडिरहेका दर्जनभन्दा बढि सवारीसाधन कारवाहीमा परेका छन् ।

शाख न्यूज    प्रकाशित: २०८१-११-२० गते   १९१ पटक हेरिएको

नेपालगन्ज - बाँकेका एसपी तुलबहादुर कार्की आफैं  सडकमा चेकिङमा खटिँदा नियमविपरीत गुडेका दर्जनबढी सवारीसाधन कारबाहीमा परेका छन् ।

जानकी गाउँपालिका-३ चप्पल कारखाना अगाडिको नेपालगन्ज-खजुरा सडकखण्डमा मंगलबार जिल्ला प्रहरी बाँकेका  एसपी कार्की सडकमै आफैं  खटिएर सवारीसाधनलाई चेकजाँच गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेबाट आएको टोलीको नेतृत्व गर्दै एसपी कार्कीले सवारी साधनको चेकजाँच, अनुगमन तथा सवारी चालक अनुमतिपत्र समेत जाँच गरेका थिए।

सोही क्रममा एसपी कार्कीले सयौं सवारीसाधनका चालकहरुलाई सम्झाइबुझाई समेत गर्दै उनिहरुसँग प्रतिक्रिया लिएका थिए। प्रतिक्रियामा चालकहरुले जिल्ला प्रमुख आफै आएर चेकिङ गर्दा चालकहरुले प्रशंसा गरेका थिए।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech