कुशल दलामी
शुक्रबार २ श्रावण - बाँके जिल्लाको खजुरा गाउँपालिका जिल्ला कै अग्रनी भुमिकामा रहेको गाउँपालिका पर्छ त्यसमा पनि खजुरा गाउँपालिका ३ का अध्यक्ष कान्तुराम गौतम स्थानीय चुनावमा तत्कालीन नेकपा माओवादी केन्द्र बाट कुल ४२ जना उम्मेदवार मध्ये एक्लो हुन जस्ले माओवादी केन्द्र को तर्फबाट खजुरा गाउँपालिका ३ बाट जनताले अध्यक्षमा निर्वाचित गराए। उनि आफैमा एक सालिन र बौद्धिक ब्यक्तित्वको छबी बनाएका गौतम सिङ्गो ४१ जनाले चुनाव हार्दा उनि एक्लो यात्रीको रूपमा तत्कालीन नेकपा माओवादी केन्द्र बाट अध्यक्ष कान्तुराम गौतम सदस्यहरु सबै तत्कालीन नेकपा एमाले बाट कुल बहादुर खत्री डिल्लि प्रशाद आचार्य देउमाया थापा र सुमित्रा बि क निर्वाचित भएका हुन।
विपक्षमा भएपनी गौतमलाई खजुरेली जनताले रोजाईमा पारे अब ति जनताको आशा र भरोसालाई पुरा गर्ने जिम्मेवारी काँधमा मात्र आएन झनै दुई ठुला पार्टी एक भएर उनलाई सुनमा सुगन्ध थपियो।त्यसैपनी खजुराको बिकाशमा न कुनै पार्टी न त दल नै हेर्ने गरिन्छ ।
स्थानीय चुनावपछि कस्तो परिवर्तन गर्नतिर लागे त कान्तुराम गौतम केहि परिवर्तनहरु यस्ता छन् :
नेपालगन्ज गुलरिया राजमार्ग देखी भित्र जेनिथ बोर्डिङ स्कुल हुदै ज्ञानोदय नमुना जाने सडक कालोपत्र हालसम्म ५० लाख बजेट ब्यवस्थापन गरियो।खजुरा बौद्धिक मिलन केन्द्र देखी द्विप बहादुर सुबेदारको घर हुँदै नारिउत्थान जोड्ने बाटो १४ लाख बजेटमा कालोपत्र आदर्श माध्यमिक बिद्यालय देखी पश्चिम धौलागिरी जाने बाटो स्तरोन्नति ५ लाख जनता नमुना स्कुल देखी दक्षिण माटाे पटान ग्राबेल ५ लाख बि गाउँ ८ नम्बर चोकदेखी क गाउँ जाने बाटो माटाे पटान ग्राबेल ५ लाखमा मनकामना चोकदेखी ठाकुरपुर जोड्ने बाटो माटाे पटान ग्राबेल१० लाख बि गाउँ १ नम्बर देखी क गाउँ जोड्ने बाटो क गाउँ स्कुल देखी उत्तर अधुरो बाटो निर्माण त्यसैगरी ५० लाखको पार्कदेखि वडा कार्यालय खानेपानी जोड्ने बाटो कालोपत्र ३० लाखमा बच्छेराजको मिल देखि खानेपानी जोड्ने कालोपत्र धनौलि इलाका प्रहरी कार्यालय देखि परसपुर गौघाट जाने बाटो ५ करोड को प्रदेश बाटो क्रममा गत बजेट अन्तर्गत खजुरा का जेष्ठ नागरिकहरुलाई happy home खुशियाली घर निर्माण ३० लाख त्यसैगरी चित्र बहादुर मल्लको घर देखि मनकामना च्यामा सैनिक सडक जोड्ने बाटो ३० लाख कालोपत्र।ज्ञानोदय दक्षिण बाट अमर बहादुर क्याप्टेन को घर हुँदै तुल बहादुर कंडेलको कृषि फार्म जोड्ने बाटो कालोपत्र खजुरा बजारका विभिन्न क्षेत्रमा सडक छेउमा पक्की नाली निर्माण ५० लाखको योजना निर्माण सम्पन्न भएको वडा अध्यक्ष कान्तुराम गौतमले बताएका छन भने कतिपय योजनाहरु क्रममागत रूपमा निर्माण भैरहेको जानकारी दिएका छन् ।
खजुरा बजार को सबैक्षेत्र वडा नम्बर ३ मा नै रहेको छ जुन गुलरिया नेपालगन्ज सडकले छोएको र अन्यत्र गाउँमा बिकास गर्नुपर्ने देखिन्छ खजुरा नमुना वडा र नमुना गाउँपालिका निर्माण जनप्रतिनिधि मात्र नभएर स्थानीय समाजसेवी बौद्धिक ब्याक्तित्वहरु सबै एकजुट भएर योजना सम्पन्न गरेको पाईन्छ । तर जुन हिसाबले कालोपत्र सडक गरिएको छ के त्यो सडक दीर्घकालीन योजना हो त ? हैन भने एक बर्ष पुरा नगरेका कालोपत्र किन भत्किएका दृश्यहरु आईरहेका छन् त ?त्यसको एउटा मात्र कारण सडक छेउमा पक्की नालि पानी निकास नै नगरेर कालोपत्र गराउने गरिएको छ यस्तो बिकाशलाई दीर्घकालीन योजना का साथै दीर्घकालीन निर्माण गरे अझै राम्रो हुने देखिन्छ। अनि खजुरा गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन कसैले रोक्न सक्ने छैन ।