भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु, तीन जना घाइते

शाख न्यूज    प्रकाशित: २०८१-११-१३ गते   १३० पटक हेरिएको

नेपालगन्ज -  नेपालगन्जमा भ्यानको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । 

नेपालगन्ज-१२ बेलासपुरमा सडकमा गुडिरहेको भे १ च ३८९५ नम्बरको डेलिभरी भ्यान अनियन्त्रित भएर संजय सिलवालको घरको आंगनभित्र छिर्दा ६ वर्षीय बालक दृश्यसिंह बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक हिम विकले बताए । दुर्घटनामा घर मालिक ४३ वर्षीय सिलवाल, ६ वर्षीया सृष्टि गौतम र ८ वर्षीय संजीव सिलवाल घाइते भएका छन् । उनीहरु घर बाहिर आंगनमा बसिरहेका थिए । तीनै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ । 

भ्यान र भ्यान चालक २३ वर्षीय सुरज थारु र भ्यानमा सवार अर्का एक जना ३८ वर्षीय लियाकत अलीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको विकले बताए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech