ग्याँस विक्रेता संघ बाँकेको अध्यक्षमा पुनः थापा निर्वाचित

शाख न्यूज    प्रकाशित: २०८१-१०-५ गते   ६८० पटक हेरिएको

नेपालगन्ज, ०५ माघ- ग्याँस विक्रेता संघ बाँकेको  चौँथो  साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष प्रेम कुमार थापाको अध्यक्षता र अग्रज ग्याँस व्यवसायी  गणेश क्षेत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । 

शनिबार आयोजित चौँथो साधारणसभा तथा अधिवेशन कार्यक्रममा ग्याँस कम्पनीहरु प्रतिस्पर्धामा  रहेकाले आफुखुसी डिलरदिने गर्दा अहिले समस्या भएको कम्पनीहरुलाई यस विषयमा गम्भिर हुन अध्यक्ष थापाले आग्रह गरेका छन् ।

सो अधिवेशनवाट पुन: प्रेम कुमार थापाको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्यसमिति गठन भएको छ ।  संघको उपाध्यक्षमा मुकेश कुमार नकर्मी, महासचिव राम प्रसाद रिजाल, सचिवमा सन्तोष बाबु गुप्ता, कोषाध्यक्ष आश्वविन कुमार गुप्ता चयन भएका छन् । सदस्यहरुमा ज्ञान प्रसाद शर्मा, ज्ञानु वली, कृष्णराज अर्याल,र  महिला सदस्य सरिता गुरुङगलाई चयन गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सदस्य सावित्री बस्नेत लगायत ग्याँस व्यवसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech