कंचनपुर - ट्याक्टरकाे ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका-११ का ६० वर्षीय प्रेमबहादुर रानाकाे उपचारकाे क्रममा मृत्युु भएकाे छ। बिहीबार उनकाे भारतकाे रूद्रपुरमा उपचारको क्रममा मृत्युु भएकाे हाे। रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएकाे थियाे।
ट्याक्टर चालकलाई कारबाहीका लागि मृतकका आफन्तले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी समेत दिएका छन्। मृतकका भतिजा श्रीराम रानाले दिएकाे जाहेरी अनुसार ट्याक्टर चालक बेलाैरी नगरपालिका-४ का ४० वर्षीय बीरबहादुर चाैधरीलाई कारबाहीकाे माग गरेका छन्।
जाहेरीमा ट्याक्टर चालक चाैधरीलाई पक्राउ गरि उपचार खर्च र क्षतिपूर्ति उपलब्ध गराउन समेत माग गरिएको छ। ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर सवारी ज्यान सम्बन्धि मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले बताए।