मोडल तेजराज अभिनयका साथै ब्यवसायमा पनि अब्बल

शाख न्यूज    प्रकाशित: २०७७-५-२१ गते   १२६४ पटक हेरिएको

बर्दिया २१ भदौ - थारु कलाकारिता क्षेत्रमा बर्दियाका मोडल तेजले छुट्टै पहिचान बनाउनु भएको छ । तर थारु साहित्य कलाको उत्थानमा लागिपरेका धेरै सर्जकहरुले स्तरोन्‍नतिमा महत्त्वपूर्ण भुमिका खेलिरहेका हुन्छन् । थारु साहित्य कला र दर्शनको  कुनै क्षेत्र वा र सीमा रोक्न खोज्नु पतनको यात्रा सुरु गर्नु जस्तै हो। तर, हाम्रो नियति यहीभित्र घुमिरहेको छ। थारु म्युजिक भिडियोमा अभिनयको इतिहास लामो छ। थारु कला सस्कृतीलाई प्रवर्द्धन र  सम्वर्द्धनमा लामो समयदेखि धेरै कलाकारहरु  लागिपरेका छन् । यस्को क्षेत्र पनि फराकिलो रहेको छ । म्युजिक भिडियोमा अभिनय गर्ने कलाकारलाई सोधिने पहिलो प्रश्न हो, के गर्छौ? उनीहरूको जवाफ हुन्छ, अभिनय  यो प्रश्न जवाफको सिलसिला लामो समयदेखि कलाकारहरुले  भोग्दै आएका छन् । नेपालमा थारु कला साहित्य पूर्णरूपमा व्यावसायिक र मनोरञ्जनात्मक भइरहेका छन् । थारु कलाकारिता क्षेत्रमा प्रवेश गरेका कलाकारहरु मध्ये तेजराज थारू पनि एक हुन ।  उहाँले बर्दियाको नेउलापुरमा न्यु रक खाजा घर पनि संचालन गर्नु भएको छ । उहाँले भन्नुभयो सफल कलाकारका साथै सफल ब्यापारी बन्ने सपना बोकेर अगाडि बढेको छु ।
थारू समुदायमा जन्मिएका मोडल तेजराज बिगत १०बर्षको लामो अनुभवका साथै थारु कलाकारिताको दुनियाँमा विभिन्न किसिमका म्युजिक भिडियोमा अभिनय गरेर दर्शकमाझ थारु समुदायमा चर्चा कमाउदै आउनु भएको छ । थारु म्युजिक भिडियोमा बिगत देखि हालसम्म उहाँले आफै लगानी गरि आफै अभिनय गर्नुहुन्छ । जस्ले गर्दा दर्शकको मन मुटुमा बस्न  सफल भएका छन् । वि.स. २०५२ साल मङ्सिर १२ गते बर्दियाको नेउलापुरमा बुवा लक्षिमन थारू र आमा एलिया थारुको कोख बाट बर्दियाको नेउलापुरमा जन्म भएको थियो । उहाँले २०६७ सालदेखि कलाकारिता मा प्रवेश गर्नुभएको हो ।  उहाँको १ छोरा श्रीमति हुनुहुन्छ । उहाँलाई मोड्लिङ क्षेत्रमा प्रवेश गर्दा केहि दु:ख र कठिनाइहरुको सामना गर्दै निरन्तरता दिएर अगाडि बढेको बताउनुभयो । जस्ले गर्दा उहाँलाई पारिवारिक तर्फबाट सहयोग मिलेको थियो । त्यसैगरि आफु यो स्थान सम्म सधैं साथ सहयोग गर्नुहुने गायक बिस्वसागर , डान्सर गुरु जेनिसा , मोडल बिवश चौधरी , मोडल राज कुमार थारु, शुक बहादुर  थारु लगायत सहयोग गर्नुभएका सम्पुर्ण कलाकार दर्शक समिक्षक सबैलाई धन्यवाद भन्न चाहन्छु ।

अभिनयको  यात्रामा केही कठिनाइ दु:ख भोगेको सुनाउँछन् मोडल तेजराज थारु । बर्दिया जिल्लाको नेउलापुरमा जन्मिएका तेज अभिनयको यात्रामा १ दसक बिताएका छन । सुस्ताएको थारु कलाकारितामा प्रवेश गरेदेखि नै सक्रियरुपमा लागेका छन् । उहाँको पहिलो थारु म्युजिक भिडियो " दिल दिवानी", बाट लोकप्रिय बन्नु भयो । त्यसपछि "घिउ कुमारी",  गोरिको गोहर बा गाल", दिल कुमारी हाइ हाइ", जस्ता थुप्रै थारु म्युजिक भिडियोमा उनको अभिनय देख्‍न सकिन्छ । उहाँले अभिनय गरेका म्युजिक भिडियोमा लगानी पनि आफ्नो रहेको बताउनुभयो । मेहनत, अनुशासन, लगनशील, इमानदारिता जस्ता गुणहरु हुनुपर्छ  तथा निरन्तरता दिन सक्यो भने मात्र भबिस्यमा सफलता प्राप्त गर्न सकिन्छ ।
वास्तवमा भन्ने हो थारु इन्ड्र्ष्टिजमा सबैभन्दा पहिले आफ्नो लगानीमा म्युजिक भिडियो बनाउनका लागि साइन गर्नु भएको थियोे । उहाँले एल.मुन.मिडिया प्रा.लि., म्युजिक हमार अङगना प्रा.लि. जस्ता उत्कृष्ट मिडिया संग सहकार्य गरेको जानकारी दिनुभयो । साथै हाल उहाँले गोचाली मिडिया प्रा.लि.बाँसगढी संग सामुदायिक टेलिशृङ्खलाको लागि सम्झौता भएको हुनाले केहि समय पछि त्यसको निर्माणमा लाग्ने छौं । यो भिडियो पनि आफ्नो लगानीमा निर्माण गर्न थालेको बताउनु भयो ।  कलाकारिता सबैको साझा चौतारी हो, सबैले माया गर्नुपर्छ सबैको साथ सहयोग पाए एकदिन अवस्य सफलता मिल्छ । कसैले पनि सबैकुरा पहिले नै सिकेर आएको हुदैन विस्तारै सबैकुरा अगाडि बढाउदै सिक्दै जानुपर्छ भन्ने संदेश दिनु भयो ।
केहि समय अगाडि  पोखरामा छायांकन भएको थारु म्युजिक भिडियो "गोरिके गोहोर बा गाल", ले गर्दा मोडल तेज झन बढी चर्चित भएका थिए । अहिलेसम्मकै उत्कृष्ट र सबैभन्दा बढी लगानीमा निर्माण भएको सो भिडियो थारु कलाकारले अभिनय गरेका थिए । एक पछि अर्को गर्दै निरन्तर आफुले  अभिनय म्युजिक भिडियोको  चर्चा तथा लोकप्रियताले झन् हौसला थपेको छ।  दर्शकको साथ र सहयोगले थप उत्साहित छु मोडल तेजले भन्नू भयो । थारु कला साहित्यको विकास गर्न भूगोलले कुनै अर्थ राख्दैन र कुनै किसिमको प्रभाव पार्छ । कलाकारहरुको त्याग संघर्षले  कलाकारितको छुट्टै पहिचान बनिरहेको छ । जुनसुकै किसिमको भाषामा रहेका म्युजिकभिडियोमा अभिनय गर्ने सबै कलाकार हुन त्यसैले कलाकारिता क्षेत्रलाई सबैले माया गर्नुपर्छ । कलाकारिता सबैको साझा फुलवारी हो तयसले सबै मिलेर यसलाइ अगाडि बढाउनु पर्छ भन्ने भाव पनि मोडेल तेज ले भन्नुभयो । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech