दोधारा चाँदनी नगरपालिमा रहेको नगर अस्पतालको अनुगमन

शाख न्यूज    प्रकाशित: २०८१-९-२४ गते   १८६ पटक हेरिएको

कंचनपुर -  दोधारा चाँदनी नगरपालिमा रहेको नगर अस्पतालको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले नगर अस्पतालको आकस्मिक अनुगमन गरेका छन्  । अनुगमनका क्रममा नगर प्रमुख किशोर कुमार लिम्बुले अस्पतालमा रहेका बिरामीलाई दिईने उपचार सेवा, अस्पतालमा विरामीको लागी औषधीको प्रयाप्तता, चिकित्सा सामग्रीहरुको उपल्ब्धता लगाएतका विषयको जानकारी दिए । दोधारा चाँदनी नगर अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख  लिम्बुले बताएका छन् ।

अस्पताल भित्रको फार्मेसी, ल्याब, बहिरंग विभाग, आकस्मिक उपचार कक्षलाई थप आधुनिक बनाउन अझै आवश्यक रहेको नगर प्रमुख लिम्बुले बताए  । उपचार गर्न आएका बिरामी र सवास्थ्यकर्मी संग अस्पतालमा भईरहेको सेवा सुबिद्याको बारेमा नगर प्रमुख किशोर कुमार लिम्बुले छलफल गरेका थिए । अस्पतालमा अहिले विगतका भन्दा सेवा प्रवाहमा आएको परिवर्तन संगै सेवाग्राहीको भिड समेत दिनानुदिन बढ्दै गईरहेको अस्पताल प्रयोगशाला प्रमुख हर्क बहादुर कुँवरले बताए । अस्पतालमा ईमरजेन्सी, ल्याब, फार्मेसी, वर्थिङ सेन्टर, भिडियो एक्स–रे लगाएत सेवा दिदै आएको दोधारा चाँदनी नगर अस्पताल प्रयोगशाला प्रमुख हर्क बहादुर कुँवरले जनाएका छन् । अस्पताललाई थप व्यवस्थित गर्ने र भरपर्दो स्वास्थ्य संस्थाको रुपमा विकास गरिने कार्य भईरहेको उहाँले बताए । बिगतमा दिनहरुमा सिमावर्ती भारतिय बजारका महंगा अस्पतालमा उपचार गर्न जाने समस्या टरेर गएको स्थानियबासीहरुले बताएका छन् ।

अस्पतालमा दैनिक सय भन्दा बढी बिरामीहरु उपचार गर्न आउने गरेको अस्पतालमा शल्यक्रियाबाट प्रसूती सेवा, राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत जिन एक्सपर्ट (टिवीपिसिआर) सेवा पनि संचालनमा रहेको अस्पताल प्रशासनले जनाएको छ् ।
स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन नगर क्षेत्रका लागी १५ सय्याको आधुनिक सुबिद्या सम्पन्न अस्पताल निमार्ण क्रममा रहेको छ् ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech