नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वली हाजिर

शाख न्यूज    प्रकाशित: २०८१-८-१८ गते   २८० पटक हेरिएको

बाँके - नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नवराज वली हाजिर भएका छन् । प्रमुख प्रशासकीय अधिकृत वलीलाई  मंगलबार गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्ती देवी श्रीवास्तवले स्वागत गर्दै हाजिर गराएका छन् । 

मन्त्रालयले मङ्सिर ९ गते प्रमुख प्रशासकीय अधिकृत  जनक लाल चौधरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको थियो ।

नरैनापुरलाई नमुना पालिका बनाउने काममा आफूले जनप्रतिनिधिलाई नियम र कानुनले दिएसम्म अधिकतम सहयोग गर्ने प्रतिबद्धता अधिकृत वलीले गरेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत वलीलाई पन्चदेवल विनायक नगरपालिका अछामबाट सरुवा गरिएको थियो । वलीलाई जनप्रतिनिधि लगायत कर्मचारीहरुले स्वागत गरेका थिए । 

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech