सुदुरपश्चिम समाजद्धारा कोहलपुर डेन्टलको समन्वयमा ‘निःशुल्क दन्त शिविर’ आयोजना

शाख न्यूज    प्रकाशित: २०८१-८-११ गते   ३०२ पटक हेरिएको

बाँके - सुदुरपश्चिम सेवा समाज कोहलपुर बाँकेले आयोजना गरेको ‘बृहत रक्तदान एवम निःशुल्क बृहत विशेषज्ञ दन्त शिबिर’ कार्यक्रम समापन भएको छ । सुदुरपश्चिम सेवा समाजले कोहलपुर डेन्टल अस्पतालको सहकार्यमा आज सोमबार आयोजना गरेको उक्त कार्यक्रम बिहान ११ बजे सुरु भएर दिउँसो २ बजे समापन भएको हो ।

बृहत रक्तदान कार्यक्रमबाट ४ जना महिला ५३ जना पुरुषले रक्तदान गरेका छन् भने ५७ पिन्ट रगत संकलन भएको सुदुरपश्चिम सेवा समाजका संयोजक गजेन्द्र शाहि बताए । त्यसैगरी उक्त कार्यक्रममा विशेषज्ञ दन्तशिबिर पनि गरिएको र उक्त दन्त शिबिरमा महिला ५० जना र पुरुष ८५ जनाले विशेषज्ञ दन्त सेवा लिएको डाक्टर आस्था ढकाल र डाक्टर द्वारिका प्रसाद बजगाइ बताउँछन् । निकट भबिस्यमा सुदुरपश्चिम सेवा समाजले दुर्गमबस्तीहरुमा बिशेषज्ञ स्वास्थ्य सेवा सामाजिक हितका लागी काम गर्ने जनाएको छ । नेपालगन्ज रेड क्रस शोसाइटी बाँके र कोहलपुर रेडक्रस शाखालाई उक्त रगत हस्तान्तरण गरिएको छ ।  

लुम्बिनी प्रदेश माननीय बसन्ती अधिकारीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथि ईलाका प्रहरी प्रमुख धर्मराज भण्डारी, बाँके जिल्ला ट्राफिक प्रमुख पुस्करराज पन्त, पुर्ब एसपी हर्क शाही, स्ववीयुु सभापति विद्यार्थी नेता देबेन्द्र बुढा र अनेरास्ववियु केन्द्रिय सदस्य टोपराज जैशी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech