डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा १२ जना थपिए

शाख न्यूज    प्रकाशित: २०७७-५-२१ गते   ३६१ पटक हेरिएको

डडेल्धुरा २१ भदौ - सुदूरपश्चिमको डडेल्धुरा अस्पातालको कोभिड प्रयोगशालामा  गरीएको २८१ नमूना हरुको कोरोना परीक्षण गर्दा १२ नतिजा पोजिटिभ र २६९ नतिजा नेगेटिभ आएको छ ।  कोरोना परीक्षणमा संक्रमितहरु डडेल्धुरा र बझाङ  जिल्लाका रहेका छन । डडेल्धुराअस्पतालका ईन्चार्ज ईश्वरी प्रसाद भुषालका अनुसार २८१ जनामा गरिएको कोरोना परिक्षणमा  बझाङ बुङ्गल नगरपालिकाका १० जना, त्यसैगरी डडेल्धुरा अमरगढि नगरपालिकाका २ जना लगायत डडेल्धुरा अस्पतालको कोभिड प्रयोगशालामा १२ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभयो।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech