गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन

शाख न्यूज    प्रकाशित: २०८१-७-२९ गते   १९७ पटक हेरिएको

बाँके २९ कार्तिक -  राप्ती सोनारी गाउँपालिकामा बुधबार विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको  हो । 
अनुगमनका क्रममा बुधबार अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीमा अनुगमन गरेको हो । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, वडा नं–८ का वडाअध्यक्ष सालिकराम डाँगीलगायतको टोलीले शैक्षिक गुणस्तरमा ध्यान दिन निर्देशन दिएका छन् । सो क्रममा अध्यक्ष पौडेलले पालिकाले शैक्षिक सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकहरुको बिशेष ध्यान गुणस्तर सुधारमा लगाउन अनुरोध समेत गरेका छन् ।   

‘विद्यालयमा आवश्यक कुराहरुको पालिकाले व्यवस्थापन गर्न हरसम्भव प्रयासरत रहनेछ ।,’ अध्यक्ष पौडेलले भने- ‘त्यसकारण कहीँ कतै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुन्न ।’ 

वडा अध्यक्ष डाँगीले व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षकहरुको सक्रियता आवश्यक रहेकाले यसतर्फ पनि हरेक विद्यालयले सोच्नपर्ने कुरामा जोड दिए । `जबसम्म विद्यालयसँग सरोकार राख्ने सबै पक्षको सक्रियता हुँदैन , ‘त्यतिबेलासम्म स्थानीय सरकारले अथवा जसले सहयोग गरेपनि शैक्षिक सुधार हुन सक्दैन  वडाअध्यक्ष डाँगीले भने ।’ 

यो भनाईसँगै उनले पछिल्लो समय विद्यालयहरुको अवस्थामा सुधार देखिएको हुँदा  आवश्यक व्यवस्थापन गर्न आफुहरु तयार रहेको बताए । टोलीले अन्य योजनाहरुको समेत अनुगमन गरेको थियो । टोलीमा गाउँपालिकाका इन्जिनियर दुर्गा केसी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यो वर्ष शैक्षिक सुधारका लागि भन्दै पालिकाले विभिन्न कार्यक्रमहरु तयार गरेर योजना बनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech