ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

शाख न्यूज    प्रकाशित: २०८१-७-२१ गते   ३२३ पटक हेरिएको

बाँके - नेपालगन्जमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

आज विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ कटिलिया मोडमा भे १ त ७६२२ नम्बरको ट्याक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का ३५ वर्षीय बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेतमा रहेको धान लिन गएको बेला तीब्र गतिका कारण ट्याक्टर मोड्ने क्रममा दुर्घटना भएको हो । मृतक बाबुरामनेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पर्शुराम कुर्मीका छोरा हुन ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech