बाँके २१ भदौ - नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा विगत दुई बर्षदेखि मृगौलाले काम नगरेपछि डायलासिस गराउदै आएकी चन्द्रकला कामीले जीवन बचाईदिन आग्रह गर्नुभएको छ। सुर्खेत गुर्भाकोट नगरपालिका ४ सहारे घर भएकि ४० बर्षिय चन्द्रकलाले आर्थिक सहयोग मार्फत जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको छ । आर्थिक अभावले गर्दा मृगौला प्रत्यारोपण गर्न नसकेकी चन्द्रकलाले डायलासिस गर्दै आएको बताउनुभयो । दुवै मृगौलाले काम नगरेपछि दुई बर्षदेखि हप्तामा २ पटक डायलासिस गर्दै आउनुभएको छ । विगत ६ महिनादेखि कोहलपुरमा भाडामा बस्दै उपचार गराइरहेकी चन्द्रकलाको परिवारले आर्थिक सहयोगका लागि सबैसंग आग्रह गर्नुभएको छ । हालसम्म उपचारमा मात्रै ७ लाख ऋण लागिसकेको र मृगौला प्रत्यारोपण गर्न आर्थिक अभाव भएको चन्द्रकलाका पति अमृत बहादुर कामीले जानकारी दिनुभयो ।
उहाँले म पत्निका लागि मृगौला दान गर्न तयार छु , तर त्यसकालागि चाहिने १५ लाख रकम नभएको भन्नुभयो । मृगौला प्रत्यारोपण गर्नका लागि १५ लाख कसरी जुटाउने भन्ने बिषयमा चिन्तित रहेको उनले भने । गाउँमा सुकुम्बासी जस्तै अवस्थामा बस्दै आएका चन्द्रकलाको परिवार आर्थिक समस्या बाट गुज्रिदै आएको छ । समयमा मृगौला प्रत्यारोपण नहुदा थप आर्थिक समस्या थपिदै गएको बताउनुभयो । चन्द्रकलाको मृगौला प्रत्यारोपणका लागि आर्थिक सहयोग गर्न पति अमृत बहादुर कामीको नाममा रहेको एनआईसी बैंक कोहलपर शाखाको खाता नम्बर ०५९५७५०८४९८५३००१ मा रकम जम्मा गर्न सकिन्छ । आर्थिक सहयोगका लागि ९८४१२७७५७४ मा सम्पर्कका लागि समेत पति अमृतले अनुरोध गर्नुभयो । सबैको साथ र सहयोगले पत्नीको जीवन बचाउन सकिन्छ भन्नुभयो ।चन्द्रकलाका ५ सन्तान रहेका छन् । मजदुरी र कृषि मुख्य आम्दानीको श्रोत भएका चन्द्रकलाको लागि पति अमृतले मृगौला प्रत्यारोपणमा लाग्ने रकमको सहयोग गरिदन अनुरोध गर्नुभयो ।