कोहलपुर नगरपालिकाद्वारा अधिकृत गिरीको स्वागत

शाख न्यूज    प्रकाशित: २०८१-६-२ गते   १०० पटक हेरिएको

बाँके - कोहलपुर नगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भई आएका मानबहादुर गिरीलाई नगरपालिकाले स्वागत गरेको छ । 

त्यसक्रममा नगर प्रमुख आचार्यले कोहलपुर नगरपालिकाले प्रदान गर्ने सार्वजनिक सेवा प्रवाहलाई जनतामुखी गराउन गिरीको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

प्रमुख प्रशासकीय अधिकृत गिरीले सरकारको नीति र कानुनमा बसेर आफ्नो जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनप्रतिनिधिले गर्ने निर्णयलाई आफूले कार्यान्वयन गर्ने कुरामा पनि विश्वास दिलाए । 

कार्यक्रममा कोहलपुरका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech