नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत सुनिल नेपालीलाई मंगलबार स्वागत गरेको छ ।
गाउँपालिकामा आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायत जनप्रतिनिधि , कर्मचारीहरुले नेपालीलाई स्वागत गरेका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत दिल वहादुर पौडेलको सरुवा भएपछि उनको ठाउँमा नेपाली आएका हुन् । नेपालीको स्वागतमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष खाँले जानकीलाई राम्रो बनाउने सवालमा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका हुने बताए ।
त्यसक्रममा प्रमुख प्रशासकीय अधिकृत नेपालीले नीति नियम र कानुन अनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।