बाँके - नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षकहरुको (इन्स्पेक्टर) एक साथ सरुवा भएको छ।
सरुवामा गोपिकृष्ण सुवेदीको गण्डकी प्रदेश प्रहरी कार्यालय कर्मचारी प्रशासन शाखा पोखरा, कास्की र हरि बहादुर बि.सि.को नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय विरेन्द्रनगर, सुर्खेतमा सरुवा भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर पुस्करराज पन्त, वडा प्रहरी कार्यालय नेपालगन्ज अरुण बम, इलाका प्रहरी कार्यालय धनौली पुर्ण बहादुर के.सी. , ईलाका प्रहरी कार्यालय चिसापानी, बाँकेमा रबिन्द्र अधिकारीको सरुवा भएको छ ।
त्यसैगरी वडा प्रहरी कार्यालय चन्द्रौटामा सुजन शाह, इलाका प्रहरी कार्यालय टीकापुरमा ईश्वरदेव गिरी, प्रहरी प्रभाग बूढानीलकण्ठमा सुरेश खत्रीको सरुवा भएको छ ।