नेपालगन्जका ६ जना सहित ११ जनामा संक्रमण पुष्टि

शाख न्यूज    प्रकाशित: २०७७-५-२० गते   २८५ पटक हेरिएको

बाँके २० भाद्र – बाँकेमा ११ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज कोभिड प्रयोगशालामा गरिएको परिक्षणमा ५जना महिला र ६ जना पुरुष गरि ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जसमध्ये बाँकेको नेपालगन्जका ६, कोहलपुरका १, बर्दियाका १, सुर्खेतका २ र कालिकोटका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । सुर्खेतबाट उपचारका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना गरीएका महिलामा संक्रमण देखिएको हो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech