नेपालगन्जमा भन्सार छलि गरि ल्याईएकाे २ लाख भन्दा बढिकाे सामान बरामद

शाख न्यूज    प्रकाशित: २०८१-५-२ गते   ७९८ पटक हेरिएको

प्रेम सिंह बाँके ०२ भदौ  - वडा प्रहरी कार्यालय नेपालगन्जले भन्सार छलि गरि ल्याईएकाे २ लाख भन्दा बढिकाे सामान नेपालगन्जबाट बरामद गरेकाे छ । 

शनिबार  उपमहानगरपालिका वडा नं. १ खजुरा रोडबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका सामानहरु बरामद गरिएको हो । 

खजुरा रोडमा अवस्थित  नारायण बर्णवालको घरमा कोठा भाडामा लिई बस्दै नामथर नखुलेका व्यक्तिले भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याईएका सामानहरु लुकाई छिपाई राखिएको अवस्थामा बरामद गरिएको हो । 

गोप्य सुचना प्राप्त भएलगत्तै वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरि बहादुर बि.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले भण्डारण गरि राखिएको अवस्थामा भारतबाट भन्सार छली गरेर ल्याइएका चिनी, चामल, बदाम, मैदा, सुर्ती, पेय पदार्थ लगायतका सामान बरामद गरिएको थियो ।

बरामद गरिएका सामान अन्दाजी जम्मा भन्सार मूल्य रु.  २ लाख ८ हजार रुपैयाँ बराबर रहेको प्रहरी निरीक्षक  बि.सी ले बताएका छन् । 

बरामद भएको सम्पूर्ण सामानलाई थप अनुसन्धान र  आवश्यक कारबाहीका लागि  आइतबार नेपालगंज भन्सार कार्यालयमा पठाईएको  वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको छ ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech