सहमहामन्त्री ढकालको नेतृत्वमा अनुगमन समिति गठन

विभिन्न पार्टी परित्याग गरि सुजाता सहित १५ जना राप्रपा नेपालमा प्रवेश

शाख न्यूज    प्रकाशित: २०८१-५-१ गते   ४७० पटक हेरिएको

नेपालगन्ज ०१ भदौ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल बाँकेको शनिबार बसेको कार्यसमिति बैठकले विभिन्न निर्णयहरु गरेको छ । राप्रपा नेपाल बाँकेका अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा पार्टीको  कार्यालयमा बसेको कार्यसमितिको बैठकले नगर समिति गठन, अनुगमन, हरितालिका तिज महोत्सव  लगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो । 

शनिबार विभिन्न पार्टी परित्याग गरि सुजाता सिंह ठकुरी लगायत १५ जना राप्रपा नेपालमा प्रवेश गरेका छन् । कार्यसमितिको बैठकमा सह- महामन्त्री ढकालले नवप्रवेसीहरुलाई बधाई तथा सम्मान गर्दै राप्रपा नेपालमा आबद्ध सम्पूर्ण स्थानीय स्तर देखि केन्द्रियस्तरका कार्यकर्ताहरुले पार्टीको सिद्धान्तलाई आत्मसात गरि आफुले प्राप्त गरेको जिम्मेवारीलाई सबैले इमानदार भएर कुशलतापुर्वक बहन गर्न सबैलाई आग्रह गरेका छन् । 

वडा, नगर, क्षेत्र लगायत बाँके  जिल्लामा राप्रपा नेपालको महत्त्व र कर्याकर्ताद्वारा गरिएको कार्यहरुका सन्दर्भमा अनुगमन गर्नका लागि ३ सदस्यीय समिति समेत गठन गरिएको छ । अनुगमनका लागि सह- महामन्त्री हिक्मत बहादुर ढकालको नेतृत्वमा जोग बहादुर वलि र यज्ञराज रेग्मी सहितको समिति गठन गरिएको हो।

राप्रपा नेपालले गरेको निर्णय अनुसार यही भदौ १४ गते नारीहरुको पर्व हरितालिका तिज महोत्सव कार्यक्रम गर्ने निर्णय भएको छ ।

तिज महोत्सव कार्यक्रम तयारी र व्यवस्थापनका लागि  अनिता भण्डारीको संयोजकत्वमा सदस्यहरु गिता सिंह, लक्ष्मी हमाल, आसा बिष्ट, पुनम यादव, अमृत चन्द कार्की, गंगा शर्मा, सरस्वती बर्मा, सोनिया कवर, बिष्णु हमाल लगायत १० सदस्यीय समिति गठन गरिएको छ । 

आयोजित कार्यसमिति बैठकमा कोहलपुर नगर कार्यसमिति संगठन निर्माण  गर्ने निर्णय गरिएको छ । संगठन निर्माणका लागि लक्ष्मी हमालको संयोजकत्वमा सहसंयोजक पवन थापा, सचीव प्रदीप वलि सहित ३सदस्यीय समिति गठन गरिएको छ ।

सो बैठकबाट ३ जनालाई जिल्ला कमिटीमा मनोनीत गरिएको छ। सचीव प्रमोद कुमार भट्टराईले सहजीकरण गरेको बैठकमा सहमहामन्त्री रमेश अर्याल , सहायक महामन्त्री तेज बिक्रम शाह लगायत कार्यकर्ताहरुको समेत उपस्थिति रहेको थियो ।

© Copyright 2020 Sakhanews. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech